5 months ago
October 22, 2024
कन्चनपुर (हाम्रो खेलकुद)– दोश्रो राष्ट्रिय र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा मंगलवार सुरु भएको छ । राष्ट्रिय बुद्धिचालका शीर्ष ६३ खेलाडी सहभागी रहेको प्रतियोगितामा बाँकी ४ चरणका खेल बुधवार हुनेछन् ।
नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन पाँचौ चरणका खेल सम्पन्न भएका छन् । एफएम क्षितिज भण्डारीले सबै खेल जित्दै ५ अंकका साथ शीर्षस्थानमा छन् ।
आशिष फुयाल र सिएम शुश्रुत दहाल समान ४.५ अंक बनाउदै संयुक्तरुपमा दोस्रोमा छन् । छैटौं चरणमा आशिषले सुरज महर्जन तथा शुश्रुतले क्षितिजसँग खेल्नेछन् ।
सुजन काफ्ले, सुरज महर्जन, प्रकाशचन्द्र नेपाल, राजन सुवेदी , सिएम नवीन तण्डुकार र पुरुषोत्तम सिलवाल समान ३.५ अंकसहित तेस्रो स्थानमा छन् । दसौं स्थानसम्म प्राप्त गर्ने खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
र्यापिड प्रतियोगिता सहभागी मध्ये शीर्ष ३ महिला, स्थानीय, ५५ वर्ष माथिका भेट्रान, रेटिङ १७ सय मुनि, उत्कृष्ट अनरेटेड, उत्कृष्ट जुनियर वर्ष १२, १४,१६ ले नगद पुरस्कार प्राप्त गर्नेछन् ।
मध्यम गतिमा खेलिने ¥यापिड खेलको लागि हरेक खेलाडीले १५ मिनेट पाउने छ भने प्रत्येक चालमा १० सेकेण्ड थपिनेछ ।
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को १८औं विशेष साधारण सभा आज सम्पन्न भएको छ। हिजो उच्च अदालत पाटनले विशेष साधारण सभा नगर्न अन्तरिम आदेश जारी गरेको थियो। सरकारले एनओसी कार्यलयमा तालाबन्दी गरेको कारण अदालतको पत्र बुझ्ने ठाउँ नै नभएको र पत्र प्राप्त नभएको एनओसीका महासचिव राजीव श्रेष्ठले बताए। नेपाल सरकार युवा तथा खेलकुद […]
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]