default_image

2 days ago

October 20, 2024

अन्तर्राष्ट्रिय भलिबलबाट मानबहादुरको सन्न्यास

5803 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकर मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय भलिबल टोलीको नयाँ कप्तानको जिम्मेवारी त्याग्नुका साथै अन्तर्राष्ट्रिय भलिबलबाट सन्न्यास लिएका छन् ।

सामाजिक सन्जालमा आइतवार भिडियो सन्देशमार्फत मानबहादुरले सन्न्यासको घोषणा गरेका हुन् । नेपाल भलिबल गत वर्ष साउनमा मानबहादुरलाई कप्तान नियुक्त गरेको थियो।

यो‌ निर्णय लिन‌ सहज नभएको जनाउँदै मानबहादुरले यो जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिने समय आएको बताइएका छन् ।

त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका मानबहादुर ९ वर्षदेखि राष्ट्रिय टोलीमा खेल्दै आएका थिए । २७ वर्षीय ओपन स्पाइकरले यसअघि राष्ट्रिय बीच भलिबल टोलीको कप्तानी गर्दै सफलता पनि दिलाएको अनुभव रहेको छ । उनले यसअघि आर्मीको कप्तानी पनि गरिसकेका छन् ।

नेपालले गत वर्ष मानबहादुरकै कप्तानीमा १९ औं एसियाली खेलकुदमा भाग लिएको थियो। सन् २०१५ मा बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनबाट राष्ट्रिय टोलीमा डेब्यु गरेका मानबहादुर त्यसयता निरन्तर टोलीमा रहेका छन् । उनी सन् २०१७ मा नेपालले पहिलो अन्तर्राष्ट्रिय पदक जित्दा पनि टोलीका सदस्य थिए ।

त्यसबेला नेपालले माल्दिभ्समा सम्पन्न प्रतियोगितामा कास्य पदक जितेको थियो । सन् २०१९ मा नेपालमै सम्पन्न सेन्ट्रल जोनमा बाहेक उनी राष्ट्रिय टोलीबाट निरन्तर खेल्दै आएका छन् ।

मानबहादुर १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालको राष्ट्रिय बीच भलिबल टोलीका कप्तान थिए । उनले गत वर्ष र योवर्ष साउनमा बीच भलिबलकै कप्तानी गर्दै काभा बीच भलिबलमा नेपाललाई रजत पदक जितेका थिए ।

मानबहादुर राष्ट्रिय पुरुष भलिबल टोलीको ११ औं कप्तान थिए।

राष्ट्रिय भलिबल टोलीका कप्तानहरु

१. ऋषिराज आचार्य २०३३ (काइदे आजाम पाकिस्तान–१९७६)

२. दीपक सापकोटा २०३५ (आठौ एसियाली खेलकुद–थाइल्यान्ड)

३. महेन्द्रलाल श्रेष्ठ

४. राजेश मास्के

५. सुनिल चौधरी

६. विष्णु मास्के

७. भरत शाह (२०५२) (१९९९– ११औं साफ सम्म)

८. कैलाश दत्त भट्ट २०६७ देखि २०७१ सम्म)

९. इम बहादुर राना २०७२

१०. हरिहजुर थापा (२०८० जेठदेखि २०८० असार)

११. मान बहादुर श्रेष्ठ (२०८० साउनदेखि २०८१ कात्तिक)

October 22, 2024

मिसन २०२६ को प्रशिक्षण मंसिरबाट पुनः सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण मंसिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ । सन् २०२६ मा जापानमा हुने २० औं एसियाडमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष […]

October 22, 2024

साविक विजेता प्रदीपको जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का, राजवीर प्रधान र प्रणव खनालले चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलवार जित हासिल गरेका छन् । उपाधिमा ह्याट्रिक गर्ने अभियानमा रहेका प्रदीपले प्रितम परियारलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे । प्रदीप पछिल्लो दुई संस्करणका विजेता विजेता हुन् । राजवीरले सक्षमविक्रम शाहलाई […]

October 22, 2024

राष्ट्रिय र्यापिड बुद्धिचालमा क्षितिज अगाडि

कन्चनपुर (हाम्रो खेलकुद)– दोश्रो राष्ट्रिय र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा मंगलवार सुरु भएको छ । राष्ट्रिय बुद्धिचालका शीर्ष ६३ खेलाडी सहभागी रहेको प्रतियोगितामा बाँकी ४ चरणका खेल बुधवार हुनेछन् । नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन पाँचौ चरणका खेल सम्पन्न भएका छन् । एफएम क्षितिज […]

Success

Thank you for your time.