default_image

5 months ago

October 19, 2024

सहारा अस्ट्रेलियाको अध्यक्षमा पौडेल

223 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- साहारा क्लब अस्ट्रेलियाको सिद्धार्थ पौडेलको अध्यक्ष चुनिएका छन् । क्लबको हालै बसेको विशेष साधारणसभा एवं अधिवेशनबाट अध्यक्ष पौडेलसहित कार्यसमितिलाः निर्विरोध निर्वाचित गरेको बताइएको छ।

क्लबका तत्कालिन अध्यक्ष राजमान थकालीको निधन भएपछि सहारा क्लब अस्ट्रेलियाले साधारण सभा बोलाएको थियो ।

क्लबको उपाध्यक्ष द्वयमा सन्तोष पाण्डे र पुस्कल थकाली, सचिवमा जेसिका तामाङ, कोषाध्यक्षमा कल्याण खड्का, सहसचिवमा अनन्त गुरुङ तथा सह कोषाध्यक्षमा गौरव बराल चयन भए ।

सदस्यमा निराजन श्रेष्ठ, राजन रजनी गुरुङ, सुर्य खनाल , प्रवक्तामा मदन कोइराला र सहप्रवक्तामा अवानी पौडेल निर्विरोध निर्वाचित भएको सहारा अस्ट्रेलियाले जनाएको छ ।

यसैगरी क्लबको विभिन्न शहरको संयोजकहरुमा ज्ञानेन्द्र गौतम, सुवास श्रेष्ठ, सज्जन शर्मा, रोमन शाही र ईश्वर पहारी रहेका चुनिए ।

सहारा क्लब पोखराको भातृ संस्था रुपमा स्थापित सहारा अस्ट्रेलियाले हरेक वर्ष आयोजना हुने आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो हुने टोलीको पुरस्कार रकम प्रायोजन गर्दै आएको छ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.