5 months ago
October 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पियन संघ (एनओए) का अध्यक्ष दीपक विष्ट स्विटजरल्यान्डको लउजानमा हुने विश्व ओलम्पियन संघको साधारण सभामा भाग लिन त्यसतर्फ जाँदैछन् ।
साधारण सभा असोज २४ देखि २६ गते सम्म हुनेछ।साधारण सभाको मुख्य एजेन्डा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गत विश्व ओलम्पियन संघको समायोजना रहेको विष्टले बताए । त्यस क्रममा विश्व ओलम्पियन संघको निर्वाचन पनि हुने बताइएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले बुधवार बिदाइ गरे । बिदाइमा एनओसी महासचिव निलेन्द्रराज श्रेष्ठ , नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघका अध्यक्ष दीपक श्रेष्ठ, नेपाल भारोत्तोलन संघका अध्यक्ष राम श्रेष्ठ र एनओएकी सचिव देवु थापाको उपस्थिति थियो।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]