5 months ago
October 7, 2024
हिमाल खरेल, बिर्तामोड
चौथो मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको उपाधि अभिजित राजवंशीले जितेका छन् ।
७० केजी तौल समूहका उनले उपाधिसँगै १ लाख ५१ हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । उनले क्लासिक फिटनेसको प्रतिनिधित्व गरेका थिए ।
त्यस्तै, ६५ केजी तौल समूहका बिक्की राजवंशी दोस्रो भए । ग्यालेक्सी फिटनेसका उनले १ लाख १ हजार रुपैयाँ पाए ।
तेस्रो भएका दिवस श्रेष्ठले ७६ हजार रुपैयाँ पाए । ६० केजी तौल समूहका उनी पनि ग्यालेक्सी फिटनेसका हुन् ।
त्यस्तै, चौथो भएका प्रकाश सुनारले ५१ हजार रुपैयाँ प्राप्त गरे । ५५ केजी तौल समूहका उनी ग्यालेक्सी फिटनेसका हुन् ।
पाँचौँ भएका विक्रम मेचेले ३६ हजार रुपैयाँ पाए । ७० केजी माथिका उनी ग्यालेक्सी फिटनेसका हुन् ।
प्रतियोगिताअन्तर्गत व्यक्तिगततर्फ बेस्ट मस्कुलरमा बडी ग्यारेजका प्रेम राजवंशी विजेता बने भने बेस्ट पोजरतर्फ यारो फिटनेसका मिङसो लिम्बू विजयी भए । उनीहरुले समान ५ हजार रुपैयाँ पाए ।
भद्रपुररोडको फर्स्ट स्टेप फिटनेसले आयोजना गरेको प्रतियोगितामा झापाली खेलाडीहरुलाई मात्र सहभागी गराइएको प्रतियोगिताका अध्यक्ष तथा प्रथम मिस्टर झापा, कलाकार सुवास मेचेले बताए ।
झापामा खेलाडी उत्पादन गर्ने उद्देश्यसाथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री एकराज कार्कीले गरेका थिए ।
प्रतियोगिता आयोजक अध्यक्ष मेचेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मन्त्री कार्की, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, अर्जुनधारा नगरप्रमुख बलदेव गोम्देन, बिर्तामोड नगर उपप्रमुख नगेन्द्र संग्रौला लगायतले शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा स्वागत आयोजक फर्स्ट स्टेप फिटनेसका सञ्चालक धनञ्जय गनगाईले गरेका थिए ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]