default_image

6 months ago

October 7, 2024

काभा यु २० भलिबल – नेपाली टोली पराजित

5168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा टोलीले काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपमा हार बेहोरेको छ।

प्रतियोगिताको आफ्नो दोस्रो खेलमट नेपालले पहिलो हार बेहोरेको हो । श्रीलंकाको कोलम्बो जारी प्रतियोगितामा सोमवार नेपाल उज्वेकिस्तानसॅंग ३-१ को सेटमा पराजित भएको हो ।

नेपाल‌ले पहिलो सेट १९-२५ र दोस्रो सेट १४-२५ ले गुमायो । तेस्रो सेटमा नेपालले २९-२७ ले जित निकाल्दै खेलमा फर्कने कोशिश गर्यो। तर चौथो १५-२५ सेट ले गुमाउँदै पहार बेहोर्यो ।

पहिलो खेलमा नेपालले घरेलु टोली‌ श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।

असोज २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगितामा मंगलवार तेस्रो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ । केहि महिनाअघि काठमाडौंमा‌ भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो ।

सोही प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले साउनमा माल्दिभ्समा भएको काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो ।

नेपाली टोली – पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर।

April 9, 2025

ललितपुर महानगरपालिका महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर महानगरपालिका काभ्रेपलाञ्चोकको बनेपामा जारी दोस्रो उपमेयर कप खुल्ला तथा आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । ललितपुरले बुधवार बनेपा वडा नं ९ लाई ३-० को सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा पुगेको हो। बुढानिलकण्ठ भलिबल क्लब, टिप टप न्यु डायमण्ड स्पोर्टस क्लब र प्रोफेसनल कन्सल्टेन्सी पनि सेमिफाइनलमा पुगेका छन्। बनेपाको […]

April 9, 2025

गोर्खाली रग्बी र आर्मीको जित

काठमाडौं (हाम्रो खेलकुद)- गोर्खाली रग्बी क्लब र त्रिभुवन आर्मी क्लबले पाँचौं फिफ्टिन्स रग्बी च्याम्पियनसिपमा विजयी सुरुआत गरेका छन्। आज भएको उद्घघाटन खेलमा डिफेन्डिङ च्याम्पियन गोर्खलीले गत वर्षको उपविजेता एपिएफलाई प्रतिस्पर्धात्मक खेलमा १४-१२ स्कोरले पराजित गर्यो। त्यसैगरी दोस्रो खेलमा आर्मीले एकपक्षिय खेलमा नेपाल पुलिस क्लबलाई ४९–३ को फराकिलो स्कोरले हरायो ।नेपाल रग्बी संघका वरिष्ठ उपाध्यक्ष चेतनराज […]

April 9, 2025

गल्कोट कप भलिबलको पुरस्कारमा वृद्धि

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा बैशाख पहिलो साता आयोजना हुने तेस्रो संस्करणको गल्कोट कप पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशिमा बृद्धि गरिएकाे छ । आयोजक गल्कोट समाज अष्ट्रेलियाले गत वर्षको तुलनामा यसपटक पुरस्कार राशिमा बृद्धि गरिएको जानकारी गराएको छ । प्रथम पुरस्कारमा १ हजार ३५ अष्ट्रेलियन डलर र दोस्रो पुरस्कारमा ५ सय २० अष्ट्रेलियन डलर […]

Success

Thank you for your time.