default_image

6 months ago

October 6, 2024

हिमालयन एयरलाइन्सलाई एभिएसन फुटसल उपाधि

680 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन एयरलाइन्सले एभिएशन फुटसल प्रतियोगिता २०२४ को उपाधि जितेको छ ।

गीता एभियशनले शनिवार आयोजना गरेको प्रतियोगिताको फाइनलमा नेपाली सेनाको आर्मी एयरफोर्सलाई ४-२ ले पराजित गर्दै हिमालयनले उपाधि जितेको हो ।

हिमालयनको जितमा पवन प्रजापतीले २, अनिल थापा र कञ्चन विष्टले समान १ गोल गरेका थिए । आर्मीका लागि १ गोल भरत खवासले गरेका थिए भने अर्को गोल आत्मघाती भएको थियो।

त्यसअघि सेमिफाइनलमा आर्मीले एनआरएफएफलाई र हिमालयनले बुद्ध एयरलाई पराजित गर्दै फाइनलमा भेट पक्का गरेका थियो ।

प्रतियोगिताको विजेता हिमालयनले उपाधि २ लाख र दोस्रो टोलीले आर्मीले १ लाख प्राप्त गर्यो । हिमालयनका पवन प्रजापती प्रतियोगितामाको‌ सर्वोत्कृष्ट खेलाडी तथा सोही टोलीका सुजन बस्नेत उत्कृष्ट गोलकिपर घोषित भए ।

संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डेले विजेता , उपविजेता टोलीका खेलाडीलाई‌ पुरस्कृत गरेका थिए ।

८ टोली सहभागिता रहेको प्रतियोगितामा अघि गीता एभियशन र चलचित्र ज्वाईं साबका कलाकारबीच प्रदर्शनी खेल भएको थियो । प्रतियोगिताको उद्घाटन गायक दिप श्रेष्ठले गरेका थिए ।

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.