default_image

7 months ago

October 5, 2024

कर्णाली यश्विज अपराजित रहँदै च्याम्पियन

2805 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली यश्वीजले
फ्रेन्चाइज भलिबल लिग वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिए) को उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शनिवार भएको अत्यन्त रोमाञ्चक फाइनलमा ललितपुर क्विन्सलाई कर्णालीले ३-२ ले हराउँदै उपाधि जितेको हो।

अपराजित रहँदै फाइनलमा पुगेको कर्णालीले उपाधि जित्ने संभावना तुलनात्मक रूपमा बढी थियो। लिग चरणमा पनि ललितपुरलाई कर्णालीले हराएको थियो।

अनुमान गरे जस्तै ललितपुरले उत्कृष्ट सुरूवात गर्यो। पहिलो सेटमा सुरूवात देखि नै अग्रता बनायो। १५-८ को अग्रता बनाएसँगै पहिलो सेटमा कर्णालीले अग्रता कुनैपनी समय गुमाउन परेन। सहजै २५-१७ ले पहिलो सेट जित्यो।

दोस्रो सेटमा पनि ललितपुर विरूद्ध कर्णालीले दबाब बनायो। एक समय ९-१५ ले पछि परेको ललितपुरले खेललाई १८-२० सम्म पुर्यायो। तर यो सेट पनि २५-२० ले कर्णालीले जित्यो। खेलमा कर्णालीले २-० को स्पष्ट अग्रता बनायो।

२-० पछि परेको कर्णालीलाई खेलमा फर्कन तेस्रो सेट जित्नुको विकल्प थिएन। सोही अनुरूप ललितपुरले सानदार प्रदर्शन गर्यो। ललितपुरले यो सेटमा भने सुरूवात देखि नै अग्रता बनायो।

ललितपुरले २०-१० को अग्रता बनाउँदा कर्णालीले तालमेल नै मिलाउन सकेन। जहाँ २५-१२ ले तेस्रो सेट ललितपुरले जित्दै खेललाई २-१ को स्थितिमा पुर्यायो।
ललितपुरले खेलमा फर्कने संकेत देखायो।

चौथो सेटमा पनि ललितपुरले त्यही लयलाई निरन्तरता दियो। बिना दबाब चौथो सेट २५-१८ ले जित्यो। योसँगै खेल २/२ को बराबरीमा पुग्यो। खेलको निर्णय पाँचौ सेटबाट भयो।

पाँचौ सेट निकै प्रतिस्पर्धात्मक बन्यो। ५-५ को बराबरीबाट ललितपुर ११-९ को अग्रता बनायो। तर यो अग्रता तोडियो खेल ११-११ मा पुग्यो। यसपछि कर्णालीले १३-१२ को अग्रता बनायो।

लगतै कर्णालीले अर्को अंक जोड्दै १४-१२ को स्कोरमा जित नजिक पुग्यो। तर ललितपुरले च्याम्पियनसिप प्वाइन्ट दिएन र एक अंक जोड्दै खेललाई १४-१३ मा पुर्यायो। यसपछि भने कर्णालीले च्याम्पियनसिप प्वाइन्ट हात पार्यो र १५-१३ ले पाँचौ सेट जित्दै उपाधि जित्यो।

April 30, 2025

नवौं पोखरा स्पोर्टस् अवार्ड- ४ विधाको मनोनयन

पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको‌ वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]

April 30, 2025

राष्ट्रिय हक्की -आर्मीलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ ।                                   नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

Success

Thank you for your time.