7 months ago
October 5, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फिलिपिन्सले एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी– २०२४ मा दोहोरो उपाधि जितेको छ।
चाइनिज ताईपेईलाई पराजित गर्दै फिलिपिन्सले पुरूषतर्फको उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार भएको फाइनलमा चाइनिज ताइपेईलाई २७-१४ को स्कोरले पराजित गर्दै उपाधि हात पारेको हो ।
खेलको सुरूआतदेखि नै चाइनिज ताइपेईलाई फिलिपिन्सले दबाबमा राख्न सफल भएको थियो । उक्त दबाब अन्तिमसम्म कायम राख्दै फिलिपिन्स विजेता बन्यो ।
यसैगरि भारतलाई पराजित गर्दै फिलिपिन्सले महिलातर्फको उपाधि जितेको छ । भारतलाई ७- ५ को स्कोरले पराजित गर्दै फिलिपिन्सले उपाधि हात पारेको हो ।
इन्डोनेसियालाई पराजित गर्दै गुआमले भने एसिया रग्बी इमिरेट्स–२०२४ मा तेस्रो स्थान हात पारेको छ । गुआमले इन्डोनेसियालाई २२–१९ ले पराजित गरेको हो ।
इन्डोनेसियाले सुरूआतीदेखि नै गुआमसँग प्रतिस्पर्धात्मक खेल पस्किएको थियो । सेमिफाइनलमा फिलिपिन्ससँग इन्डोनेसिया १९–१० ले पराजित भएको थियोे । गुआम भने भारतसँग २४–७ ले पराजित हुन पुग्यो ।
‘च्यालेन्ज थर्ड’ मा नेपाल पराजित
नेपालको पुरूष तर्फ ‘च्यालेन्ज थर्ड’ मा पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा अफगानिस्तानसँग नेपाल २२–५ को स्कोरमा पराजित भएको हो ।
एक समय नेपालले खेलमा पुनरागमन गरिसकेको थियो । त्यतिखेर नेपाल र अफगानिस्तानको स्कोर ५–५ थियो ।
नेपाल त्यही ५ स्कोरमा रोकिँदा अफगानिस्तानले भने थप १७ स्कोर जोड्यो । योसँगै नेपाल २२–५ को स्कोरमा पराजित हुन पुग्यो । यसअघि नेपाल ‘च्यालेन्ज’ मा कतारसँग ३३–० ले पराजित भएको थियो ।
दुई दिन सम्म सन्चालन भएको प्रतियोगिताको विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले पुरस्कृत गरेका थिए ।
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]