7 months ago
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा हुने काभा यु २० पुरुष भलिबल च्याम्पियनसिपका पहिलो खेलमा नेपालले घरेलु टोलीसँग खेल्ने भएको छ ।
काभाले शुक्रवार जारी गरेको खेलतालिकामा नेपालले पहिलो खेलमा असोज २० मा श्रीलंकाको सामना गर्ने भएको हो ।
असोज २० देखि २६ गतेसम्म कोलम्बोमा हुने प्रतियोगिताको दोस्रो खेलमा असोज २१ गते नेपालले उज्वेकिस्तानको समान गर्नेछ ।
असोज २२ मा तेस्रो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालले चौथो खेलमा असोज २४ मा किर्गिस्तानसँग खेल्नेछ । नेपालले पाँचौ खेलमा असोज २५ मा तुर्किमेनिस्तानसँग खेल्नेछ ।
प्रतियोगिताको शीर्ष दुईमा रहने टोलीबीच असोज २६ मा फाइनल खेल हुनेछ । झन्डै डेढ महिनाको प्रशिक्षण पछि नेपाली टोली प्रतियोगितामा भाग लिन बिहीवार श्रीलंका गएको छ ।
केहि महिनाअघि काठमाडौंमा भएको यु १९ भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनको प्रदर्शनबाट खेलाडी छनोट गरिएको हो ।
सो प्रतियोगिताको महिला प्रतियोगितामा भाग लिएर छनोट भएका टोलीले गत महिना माल्दिभ्समा सम्पन्न काभा यु २० च्याम्पियनसिपमा कास्य पदक जितेको थियो।
नेपाली टोली :
पहल गहतराज, सुरेश मल्ल, शैलेन्द्र यादव, सुर्य विक, अर्जुन नेपाली, विश्वास अधिकारी, सागर रसौली, अशोक राना, जित बहादुर सार्की, सुजन सुनार, लेसमन राहादी र दिपेश कुवँर
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]