default_image

7 months ago

October 4, 2024

चितवनलाई हराएपछि ललितपुरको फाइनल सम्भावना कायमै

3447 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर क्विन्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा शुक्रवारको पहिलो खेलमा चितवन शक्तिलाई ३-१ ले हराउँदै ललितपुरले फाइनल प्रवेशको सम्भावना कायमै राखेको छ ।

ललितपुरसँग पराजित चितवन भने प्रतियोगिताबाट बाहिरिएको छ । कर्णाली यश्विजले यसअघि नै फाइनलमा स्थान पक्का गरिसकेको छ ।

सुरूवात देखि नै खेल निकै रोमान्चक र प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो सेट ललितपुरले २०-२५ ले गुमाएकोमा त्यसपछि पुरागमन गर्दै खेल जितेको थियो । दोस्रो सेट २५-२१, तेस्रो सेट २५-१६ र चौथो सेटमा २५-१९ को जित हात पारेको थियो ।

पहिलो खेलमा काठमाडौं र दोस्रोमा मधेश युनाइटेडलाई हराएको थियो । तेस्रो खेलमा कर्णाली र चौथो खेलमा गण्डकी थन्डर्ससँग पराजित भएको थियो ।

फाइनल प्रवेशका लागि ललितपुरले ९ अंक जोडेर तेस्रो स्थानमा रहेको काठमाडौंको हारको नतिजा पनि कुर्नुपर्नेछ । काठमाडौंले लिगको अन्तिम खेलमा कर्णालीसँग खेल्दैछ ।

ललितपुर र चितवनबीचको खेल निर्धारित समय भन्दा १ घन्टाभन्दा लामो समयप‌छि सुरु भएको‌ थियो । आयोजक इन्फिनिटी ड्रिम्सले दुई टोलीका व्यवस्थापक, प्रशिक्षक र कप्तानसँग छलफल गरेपछि भएको थियो ।

ट्यालेन्ट हन्टबाट नियम विपरित खेलाडी छनोट गरेको भन्दै गण्डकी थन्डर्स विरुद्ध ललितपुरले तथा कर्णाली यश्विज, गण्डकी र काठमाडौं स्पाइकर्सविरुद्ध ले नियम उजुरी गरेका थिए ।

आजै हुने दोस्रो खेलमा गण्डकी र मधेश युनाइटेड तथा अन्तिम खेलमा कर्णाली र काठमाडौं खेल्दैछन् । शीर्ष दुई टोली बीच शनिवार फाइनल हुनेछ।

April 30, 2025

नवौं पोखरा स्पोर्टस् अवार्ड- ४ विधाको मनोनयन

पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको‌ वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]

April 30, 2025

राष्ट्रिय हक्की -आर्मीलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ ।                                   नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

Success

Thank you for your time.