default_image

7 months ago

October 4, 2024

गण्डकीको खेलाडीविरुद्ध ललिपुरको प्रोटेस्ट

4808 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट महिला भलिबल लिग (डडब्लुभिएल) मा ललितपुर क्विन्सले गण्डकी थन्डर्सको खेलाडीविरुद्ध प्रोटेस्ट गरेको छ ।

आफ्नो टोलीविरुद्धको खेलमा बिहीवारको खेलमा प्रतियोगिताको नियम विपरित खेलाडी खेलाइएको भन्दै ललितपुरले खेल सकिएलगत्तै उजुरी गरेको जनाएको छ । सो खेलमा गण्डकी ३–२ सेटले विजयी भएको थियो ।

आफ्नो टोलीविरुद्धको खेलमा बिहीवारको खेलमा प्रतियोगिताको नियम विपरित खेलाडी खेलाइएको भन्दै ललितपुरले खेल सकिएलगत्तै उजुरी गरेको जनाएको छ ।

‘आयोजकको नियमावली अनुसार ट्यालेन्ट हन्टबाट छनोट हुने खेलाडीले कुनै पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय खेल खेलेको हुन नहुने भएतापनि गण्डकीले जर्सी नं १८ की सोइङ थापालाई ट्यालेन्ट हन्टबाट छनोट गरेको खेलाडीको रुपमा मैदान प्रवेश गराएको छ । निज थापाले लामो समयदेखि राष्ट्रिय स्तरको भलिबल खेल्दै आएको र गण्डकी प्रदेशबाट नेपाल भलिबल संघको आधिकारिक एनभिए लिग तथा थुप्रै राष्ट्रिय स्तरको सिनियर प्रतियोगिता खेलिसकेकी छिन्,’ ललितपुरको उजुरीमा भनिएको छ ।

प्रतियोगिताको नियम विपरीत खेलाडी खेलाएको हुँदा छानबिन गरी आवश्यक कारवाही गर्न ललितपुरले आग्रह गरेको छ ।

इडब्लुभिएलको आयोजक इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चापागाईंले‌ ललितपुरको अनुरोध प्राप्त भएको र त्यो विषयमा अनुसन्धान गरिने जानकारी दिइन् । प्रतियोगिताका खेल जारी‌ रहन्छन्। उनले भनिन्,’ एक जना खेलाडीका‌ बारेमा बुझ्नका लागि ललितपुरले अनुरोध गरेको छ, त्यो विषयमा हामी अनुसन्धान गरेर छलफल गर्नेछौं।’

इडब्लुभिएलको आज पाँचौं दिन शुक्रबार लिग चरणका अन्तिम ३ खेल हुनेछन् । पहिलो खेलमा आज चितवन र ललितपुर भिड्दैछन् । कर्णाली एश्विज फाइनलमा पुगिसकेको छ । शीर्ष दुई टोलीले शनिवार फाइनल खेल्नेछन् ।

April 30, 2025

नवौं पोखरा स्पोर्टस् अवार्ड- ४ विधाको मनोनयन

पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको‌ वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]

April 30, 2025

राष्ट्रिय हक्की -आर्मीलाई दोहोरो सफलता

काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ ।                                   नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]

April 30, 2025

बिर्तामोडमा फुट–७ कप खुला फुटसलको तयारी पूरा

हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]

Success

Thank you for your time.