default_image

6 months ago

October 4, 2024

एभियशन फुटसल हुने

284 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- गीता एभियशनको आयोजनामा शनिवार एभिएशन फुटसल प्रतियोगिता २०२४ हुने भएको छ।

एक दिन चल्ने प्रतियोगितामा ७ वटा टोलीको सहभागिता रहनेछ। जसमा बुद्ध एयर, एनआरएफएफए, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सौर्य एयरलाइन्स, एयर डाइनेष्टी , नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स रहेका छन्।

पहिलो खेल सौर्य एयरलाइन्स र हिमालय एयरलाइन्स, दोस्रो खेल एनआरएफएफ र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा तेस्रो बुद्ध एयर र नेपाल एयरलाइन्सबीच हुनेछ। तीन खेलमा कम अन्तरले हारेको टोलीले एयर डाइनेष्टिसँग खेलेपछि सेमिफाइनल समिकरण पूरा हुनेछ ।

सहभागी टोलीका प्रतिनिधि उपस्थितिमा बिहीवार गीता एभियशनमा गोला प्रथाबाट खेल तालिका तयार गरिएको थियो।

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

March 22, 2025

निमालाई सुरुङ्गा सहकार्य साइकल दौडको उपाधि

हिमाल खरेल, बिर्तामोड झापाको कनकाईस्थित सुरुङ्गा सहकार्य युवा क्लबले आयोजना गरेको खुला साइकल दौड प्रतियोगितमा उदयपुर गाईघाटका निमा शेर्पा विजयी भएका छन् । निमाले १५ किलोमिटर दूरी २९ मिनेट २९ सेकेन्डमा पूरा गरे । उपाधिसँगै उनले १५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाए । त्यस्तै, प्रतियोगितामा झापा मेचीनगरका अर्जुन बस्नेत दोस्रो भए । उनले ३० […]

March 22, 2025

काल्खु मेलामा पुरुष भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको पुतली बजार नगरपालिकाको ऐतिहासिक काल्खु मेला २०८१ को अवसरमा सावक वडा/गाँउ स्तरिय पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । श्री जनसम्पर्क युवा क्लबले चैत्र पुर्णिमाको अवसर पारेर प्रतियोगिता ३० चैत २०८१ देखि ५ बैशाख २०८२ सम्म आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगितामा सहभागिताको लागि ७ हजार रुपैयाँ […]

Success

Thank you for your time.