7 months ago
October 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी थन्डर्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा पहिलो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा बिहीवारको अन्तिम खेलमा ललितपुर क्विन्सलाई ३-२ ले हराउँदै गण्डकीले लिगमा पहिलो जित हासिल गरेको हो ।
सुरूवात देखि नै खेल निकै रोमान्चक र प्रतिस्पर्धात्मक बनेको थियो । प्रतिस्पर्धात्मक पहिलो सेट ललितपुरले २९-२७ ले जितेको थियो । दोस्रो र तेस्रो सेटमा जित हात पार्दै गण्डकीले खेलमा २-१ को अग्रता बनाएको थियो । गण्डकीले दोस्रो सेट २५-२३ र तेस्रो सेट २५-१२ ले जितेको थियो ।
चौथो सेट २५-१३ जित्दै ललितपुरले खेल पाँचौ सेटमा पुर्यायो । पाँचौ सेटमा १५-६ को सहज जित निकाल्दै गण्डकीले प्रतियोगिताको पहिलो जित हात पार्यो । गण्डकी यसअघि चितवन शक्ति, कर्णाली यश्वीज र काठमाडौं स्पाइकर्ससँग पराजित भएको थियो ।
पहिलो खेलमा काठमाडौं र दोस्रोमा मधेश युनाइटेडलाई हराएको ललितपुरको यो लगातार दोस्रो हार हो । तेस्रो खेलमा ललितपुर कर्णालीसँग पराजित भएको थियो ।
हारपछि ललितपुरको फाइनल यात्रा कठिन बनेको छ । लिगको आफ्नो अन्तिम खेलमा ललितपुरले चितवन शक्तिलाई हराएर मात्र पुग्दैन। ९ अंक जोडेर दोस्रो स्थानमा रहेको काठमाडौंको हारको नतिजा पनि कुर्नुपर्नेछ ।
बिहिवार नै भएका अन्य खेलमा काठमाडौंले मधेशलाई ३-१ ले हराएको थियो। दोस्रो खेलमा चितवन शक्तिलाई हराउँदै कर्णालीले फाइनलमा स्थान पक्का गरेको थियो ।
काठमाडौंको जितपछि मधेश र गण्डकी बाहिरिएका थिए।
इडब्लुभिएलमा आज अन्तिम ३ खेल हुदैछन् । शीर्ष दुई टोली बीच शनिवार फाइनल हुनेछ।
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]