default_image

5 months ago

October 2, 2024

चितवनको जित, मधेशको लगातार हार

2430 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- चितवन शक्तिले‌ वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा दोस्रो जित हासिल गरेको छ

शीर्ष दुईमा पर्ने अभियानलाई मजबुत गराउने क्रममा बुधवारको अन्तिम‌ खेलमा चितवनले मधेश युनाइटेडलाई ३-१ को सेटमा हराएको हो । ३ खेलमा चितवनले दोस्रो खेल जित्दा मधेशले लगातार तेस्रो खेलमा हार बेहोरेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा राष्ट्रिय भलिबल टोलीकी‌ कप्तान समेत रहेकी अरुणा शाही नेतृत्वको चितवनले मधेशलाई २५-२०,२५-१९,१९-२५,२५-२१ ले हराएको थियो।

मधेशकी मार्की खेलाडी निरुता ठगुन्ना चौथो सेटमा घाइते भएपछि टोली थप दबाबमा परेको थियो। चितवनको ६ अंक भएको छ।

बुधवारको दोस्रो खेलमा काठमाडौंले गण्डकी थन्डर्समाथि ३-१ सेटको जित हासिल गरेको हो ।
काठमाडौंले पहिलो सेट २५-२३ ले जितेकोमा दोस्रो सेट १९-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-२१ र चौथो सेट २५-१६ ले जित्दै काठमाडौंले ३ अंक जोड्न सफल भयो ।

३ खेलमा २ जित हासिल गरेको काठमाडौंको ६ अंक भएको छ । पहिलो खेलमा काठमाडौं ललितपुर क्विन्ससँग पराजित भएको थियो । दोस्रो खेलमा भने चितवन शक्तिलाई पराजित गरेको थियो ।

गण्डकीले भने ३ खेलमा एउटै खेल जित्न सकेको छैन।
गण्डकी पहिलो खेलमा चितवन शक्तिसँग र दोस्रो खेलमा कर्णाली यश्वीजसँग पराजित भएको थियो ।

आजै भएको पहिलो खेलमा ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली यश्विजले लगातार तेस्रो जित हासिल गरेको थियो । कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२२ जितेको थियो । तेस्रो सेटमा ९-१ ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै २९-२७ ले जित्दै कर्णालीले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

ललितपुरले पहिलो खेलमा काठमाडौं स्पाइकर्सलाई र दोस्रो खेलमा मधेश युनाईडेटलाई पराजित गरेको थियो । उता, कर्णालीले भने पहिलो खेलमा मधेश युनाईटेडलाई पराजित गर्दा दोस्रो खेलमा गन्डकी थन्डर्सलाई हराएको गरेको थियो ।

इडब्लुभिएलमा बिहीवार पनि ३ खेल हुनेछन् ।

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

February 13, 2025

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा ३ हजार बढी दौडने

पोखरा (हाम्रो खेलकुद)-  १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]

February 11, 2025

सशस्त्र प्रहरीमा १७ खेलाडीको बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले आफ्नो क्लब नेपाल एपिएफमा‌ आबद्ध विभिन्न खेलका १७ जनालाई बढुवा गरेको छ। नेपाल खेलदकुद तथा शारीरिक सुगठन शिक्षालयमा रहेका खेलाडीलाई एपिएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विकाश घिमिरेले मंगलवार दर्ज्यानी चिन्ह प्रदान गरे । रग्बीकी‌ कलावती कुमारी कुँवर सशस्त्र प्रहरी सहायक हवल्दारबाट हवल्दार बढुवा भएकी छिन्। अन्य १६ […]

Success

Thank you for your time.