default_image

3 hours ago

October 2, 2024

कर्णालीको लगातार तेस्रो जित

1638 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली यश्विजले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्ड हलमा बुधवारको पहिलो खेलमा कर्णाली ललितपुरमाथि ३-० को जित हासिल गर्यो ।

कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट २५-२२ जितेको थियो । तेस्रो सेटमा ९-१ ले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै २९-२७ ले जित्दै कर्णालीले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

ललितपुरले पहिलो खेलमा काठमाडौं स्पाइकर्सलाई र दोस्रो खेलमा मधेश युनाईडेटलाई पराजित गरेको थियो ।उता, कर्णालीले भने पहिलो खेलमा मधेश युनाईटेडलाई पराजित गर्दा दोस्रो खेलमा गन्डकी थन्डर्सलाई हराएको गरेको थियो ।

३ खेलमा कर्णालीको ८ र ललितपुरको ६ अंकमा छ। कर्णाली शीर्षमा र ललितपुर‌ दोस्रो स्थानमा छ।

आजै हुने दोस्रो खेल काठमाडौं स्पाइकर्स र गन्डकी थन्डर्स तथा तेस्रो खेलमा चितवन शक्ति र मधेश युनाईटेडबीच खेल हुनेछ । लगातार तेस्रो जितका साथ कर्णाली शीर्ष स्थानमा रहॅंदा तेस्रो खेलमा पहिलो पटक पराजित ललितपुर दोस्रो स्थानमा छ ।

October 2, 2024

काठमाडौंको अर्को सफलता, गण्डकी फेरि पराजित

काठमाडौं(हाम्रो खेलकुद) – काठमाडौं स्पाइकर्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार दोस्रो जित निकालेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद(राखेप) को कभर्ड हलमा बुधवारको दोस्रो खेलमा काठमाडौंले गण्डकी थन्डर्समाथि ३-१ सेटको जित हासिल गरेको हो । काठमाडौंले पहिलो सेट २५-२३ ले जितेकोमा दोस्रो सेट १९-२५ ले गुमाएको थियो । तेस्रो सेट २५-२१ र चौथो […]

October 2, 2024

ललितपुरको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर क्विन्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलवार अबेर राति भएको खेलमा ललितपुरले मधेश युनाइटेडलाई पराजित गरेको हो । ललितपुरले लगातार दोस्रो जित निकाल्ने क्रममा मधेशमाथि ३-१ को सेटमा जित हात पार्यो । पहिलो सेट […]

October 2, 2024

एसिया रग्बी इमिरेट्स सेभेन्सका लागि सहभागी टोली आउन थाले

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ मा भाग लिन अफगानिस्तानकाे पुरूष टाेली मंगलवार नेपाल आइपुगेकाे छ। आजै साँझ चाइिनज ताईपेई र फिलिपिन्सकाे महिला तथा पुरुष टाेली नेपाल आइपुगेका छन्। अफगानिस्तानको टोली हायत प्यालेस र बाँकी टोली होटेल लेमोन ट्री मा रहेको नेपाल रग्बी संघले जनाएको छ। करिब तीन महिनादेखि […]

Success

Thank you for your time.