default_image

3 hours ago

October 2, 2024

ललितपुरको लगातार दोस्रो जित

268 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर क्विन्सले वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलवार अबेर राति भएको खेलमा ललितपुरले मधेश युनाइटेडलाई पराजित गरेको हो ।

ललितपुरले लगातार दोस्रो जित निकाल्ने क्रममा मधेशमाथि ३-१ को सेटमा जित हात पार्यो । पहिलो सेट २५-१५ र दोस्रो सेट २६-२४ ले जितेको ललिपुरले तेस्रो सेट २४-२६ ले गुमाएको थियो । चौथो सेट २५-२२ ले जित्दै अर्को ३ अंक थप्न सफल भयो ।

जितसँगै ललितपुरले २ खेलबाट ६ अंक जोडेको छ । ललितपुरले पहिलो खेलमा सोमवार काठमाडौं स्पाइकर्सलाई पराजित गरेको थियो ।

मधेश भने लगातार दुई खेलमा पराजित हुदै अंक बिहीन छ । मधेश पहिलो खेलमा सोमवार कर्णाली यश्विजसँग पराजित भएको थियो ।

त्यसअघि आजको पहिलो खेलमा कर्णाली यश्विज र दोस्रो खेलमा काठमाडौं स्पाइकर्स विजयी भएका थिए । दोस्रो खेलमा काठमाडौंले चितवन शक्तिलाई पराजित गरेको थियो ।

काठमाडौंले चितवनमाथि ३-१ को सेटमा जित निकालेको थियो । पहिलो सेट २१-२५ ले गुमाएको काठमाडौंले त्यसपछिका लगातार तीन सेटमा जित निकाल्दै महत्वपूर्ण ३ अंक जोड्न सफल भएको थियो । दोस्रो सेट २५-१०, तेस्रो सेट २५-२२ र चौथो सेट २५-१७ ले जितेको थियो ।

जितसँगै काठमाडौंले २ खेलबाट ३ अंक जोडेको छ । पहिलो खेलमा काठमाडौं ललितपुरसँग पराजित भएको थियो । चितवनको पनि २ खेलबाट समान ३ अंक छ । चितवनले पहिलो खेलमा गन्डकी थन्डर्सलाई पराजित गरेको थियो ।

पहिलो खेलमा कर्णाली यश्विजले लगातार दोस्रो जित हसिल गर्ने क्रममा गण्डकीविरुद्ध ३-२ सेटको जित निकालेको थियो । पहिलो सेटमा गण्डकीले २५-१५ को सहज जित निकालेको थियो । त्यसपछिका दुई सेट २५-२२, २५-१७ ले आफ्नो पक्षमा पार्दै कर्णालीले २-१ को अग्रता लियो ।

चौथो सेटमा गण्डकी २५-१९ ले विजयी भएपछि खेल लम्बियो । पाँचौं तथा निर्णायक सेटमा १५-१२ को जित निकाल्दै कर्णालीले विजयी यात्रा जारी राख्यो । जितसँगै कर्णालीले २ खेलमा ५ अंक जोडेको छ । दुवै खेलमा पराजित गण्डकीको एक अंक छ ।

पहिलो खेलमा कर्णालीले मधेशलाई पराजित गर्दा गण्डकीले चितवनविरुद्ध हार बेहारेको थियो । बुधवार पनि ३ खेल हुनेछन्।

October 2, 2024

एसिया रग्बी इमिरेट्स सेभेन्सका लागि सहभागी टोली आउन थाले

काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ मा भाग लिन अफगानिस्तानकाे पुरूष टाेली मंगलवार नेपाल आइपुगेकाे छ। आजै साँझ चाइिनज ताईपेई र फिलिपिन्सकाे महिला तथा पुरुष टाेली नेपाल आइपुगेका छन्। अफगानिस्तानको टोली हायत प्यालेस र बाँकी टोली होटेल लेमोन ट्री मा रहेको नेपाल रग्बी संघले जनाएको छ। करिब तीन महिनादेखि […]

October 1, 2024

शिशिरलाई जिल्लास्तरीय स्नुकरको उपाधि

सुमन अधिकारी, बुटवल भैरहवाका शिशिर गुरुङले आठौंं रुपन्देही जिल्लास्तरिय मेयरकप स्नुकर प्रतियोगिताको उपाधि जितेका छन् । भैरहवामा मंगलवार भएको फाइनलमा शिशिर बुटवलका संजय कार्कीलाई ५–२ ले हराउँदै च्याम्पियन बनेका हुन्। उपाधिसँगै शिशिरले ६१ हजार रुपैयाँ र तथा संजयले २५ हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा सर्वाधिक ब्रेकर सुजन पुन मगरलाई १० हजार रुपैयाँ […]

October 1, 2024

नेपालले पहिले ब्याटिङ गर्दै

काठमाडौं(हाम्रो खेलकुद) – क्यानडामा जारी त्रिकोणात्मक टि ट्वान्टी सिरिजमा घरेलु टोली विरुद्ध नेपालले टस हारेको छ । क्यानडाका कप्तान निकोलस किर्तनले टस जितेर बलिङ रोजे पछि नेपालले पहिला ब्याटिङ गर्दैछ । सिरिजका अघिल्ला दुईमध्ये नेपाल १ मा विजयी र अर्कोमा पराजित भएको थियो।

Success

Thank you for your time.