7 months ago
October 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- यसै साता हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी- २०२४ मा भाग लिन अफगानिस्तानकाे पुरूष टाेली मंगलवार नेपाल आइपुगेकाे छ।
आजै साँझ चाइिनज ताईपेई र फिलिपिन्सकाे महिला तथा पुरुष टाेली नेपाल आइपुगेका छन्। अफगानिस्तानको टोली हायत प्यालेस र बाँकी टोली होटेल लेमोन ट्री मा रहेको नेपाल रग्बी संघले जनाएको छ।
करिब तीन महिनादेखि प्रतियोगिता का लागि पाेखरामा अभ्यास गरिरहेको नेपाली टाेली पनि आज काठमाडौं आइपुगेको छ ।
एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा प्रतियोगिता असोज १८ र १९ गते दशरथ रंगशालामा हुनेछ । प्रतियाेगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन्।
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]