default_image

6 months ago

September 29, 2024

सदभावले एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिप खेल्ने

401 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् ।

सदभावलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङले आइतवार बिदाइ गरे। सदस्य सचिव घिसिङले एसियाका टप एमेच्योर गल्फर आउने यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिए।

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले एसिया-प्यासिफिक एमेच्योर च्याम्पियनसिपमा सदभावले उत्कृष्ट प्रदर्शन गर्नेमा विश्वस्त रहेको बताए। उनले एसियन गेम्स र ओलम्पिक गेम्समा मेडल सम्भावना रहेको हुनाले सरकार र राखेपको तर्फबाट सहयोग गर्न आग्रह गरे।

सदभावले एसियाकै ठुलो प्रतियोगितामा खेल्न पाउनुलाई अवसरको रूपमा लिएको बताए। च्याम्पियनसिप जापानको गोटेम्बा स्थित ताहियो क्लबमा असोज १७ गतेदेखि २० गतेसम्म हुनेछ।

विश्व वरियताको आधारमा सदभावले यो अवसर पाएका हुन। सदभावले यो च्याम्पियनसिप यसअघि दुई पटक खेलिसकेका छन। यो पटक भने उत्कृष्ट नतिजाका लागि अमेरिकामा दुई महिनाको विशेष प्रशिक्षण लिएर नेपाल फर्किएका हुन्। यो क्रममा उनले जुनियर प्लेयर्स च्याम्पियनसिप पनि खेलेका थिए।‌

नेपालबाट टासी छिरिङले पनि भाग लिन छनोट भएका थिए। तर केहि दिन अगाडि चोट लागेको कारण टासीले यो च्याम्पियनसिप नखेल्ने भएका छन् । सदभाव आजै जापानको लागि प्रस्थान गर्नेछन्। सदभावले गत मेमा एएसी कै निमन्त्रणामा अहिले हुने च्याम्पियनसिपको गल्फ कोर्समा पनि प्रशिक्षण गरिसकेका छन्।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.