5 months ago
September 29, 2024
दिल तामाङ , सिड्नी
भलिबल स्टार प्रतिभा मालीले अर्को साता अस्ट्रेलियाको सिड्नीमा आयोजना हुने पाँचौं संस्करणको ढोरपाटन रनिङ कप भलिबल २०२४ खेल्ने भएकी छिन् ।
ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२४ असोज २० गते आइतवार (अक्टोवर ६) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ ।
प्रतिभाले बुधवार अस्ट्रेलिया जाने जानकारी दिइन् । उनले म्यादी काली युनाइटेडबाट खेल्नेछिन् । चोटमुक्त हुने क्रममा रहेका कारण साउनमा काठमाडौंमा भएको काभा नेसन्स लिगमा प्रतिभा नेपाली टोलीमा थिइनन्।
पुनरागमनको प्रयासमा प्रतिभाले गत साता मुस्ताङमा भलिबल खेलेकी थिइन् । न्यु डायमण्ड स्पोर्टस क्लबकी प्रतिभाले माल्दिभ्समा व्यवसायिक भलिबल खेलेकी थिइन्।
नेपालले सेन्ट्रल जोन भलिबल जित्दा र १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्दा प्रतिभा टोलीको महत्वपूर्ण सदस्य थिइन्।
नेपाल राष्ट्रिय पुरुष टोलीका कप्तान मान बहादुर श्रेष्ठले पनि ढोरपाटन रनिङ कप भलिबल २०२४ खेल्ने भएका छन् ।
मान बहादुरले पोखरा भलिबल क्लबबाट खेल्ने बताइएको छ । यो प्रतियोगिताका लागि मान बहादुर एक महिनाअघि नै अस्ट्रेलिया आइसकेका छन् । उनले यसअघि पनि अस्ट्रेलियामा खेलिसकेका छन् ।
यस्तै प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीका सदस्य विशाल बहादुर विक, टेक राज अवस्थी र राजु शेरचनले पनि खेल्नेछन् । विशालले दि गोर्खा स्पोर्ट्स क्लब, टेकराजले म्याग्दी काली तथा राजुले सनराइजबाट खेल्नेछन् ।
रनिङ कपमा पुरुषतर्फ १३ र महिलामा ५ टोलीको सहभागिता रहेको छ । आइतवारै समूह विभाजन र खेल तालिका सार्वजनिक गरिएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
पुरुषतर्फ पोल ए मा गोल्डेन ब्वाइज भलिबल क्लब, मोना अस्ट्रेलिया, पर्वत बेनी, पोखरा भलिबल क्लब, जलजला परिवार अस्ट्रेलिया, सनराइज र दि गोर्खा स्पोर्ट्स क्लब छन् ।
पाेल बीमा थकाली सेवा समिति, आयोजक ढोरपाटन क्लब, म्याग्दी काली युनाइटेड, गल्कोट स्पोर्ट्स क्लब, क्यानवेरा नेप्लिज सोसाइटी र छन्त्याल परिवार अस्ट्रेलिया रहेका छन् ।
महिलातर्फको विजेताले १ हजार २ सय ५० अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र तथा दोस्रो हुनेले ७ सय अष्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
नकआउटका आधारमा हुने प्रतियोगिताको पुरुषतर्फको विजेताले २ हजार ७ सय अष्ट्रेलियन डलर, रनिङ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले १ हजार ७ सय अष्ट्रेलियन डलर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
महिला र पुरुष दुवैतर्फको सर्वाेत्कृष्ट खेलाडीले समान १ सय अस्ट्रेलियन डलर, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै पुरुषतर्फको उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, सर्भर र लिवेरोले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
नेपाल भलिबल संघ अस्ट्रेलियाको सहकार्यमा हुन लागेको ढोरपाटन रनिङ कपलाई केओआई र एएलडी कर्पाेरेटले मुख्य प्रायोजन गरेको छ ।
दि माया लन्ज, सिर्जन मल्लको परिवार, ग्लोबल कन्सल्ट र एसएनबी क्लिनिङ सर्भिसेस प्लाटिनम प्रायोजक रहेका छन् । फोर नेसन्स इन्टरनेसनल पायोनिएर एजुकेशन एण्ड भिजा सर्भिसेस, काठमाडौ मम हाउस, मिलन कार्की, जमघट नेपाली रेष्टुरेन्ट र बैठक रेष्टुरेन्ट गोल्ड स्पोन्सर रहेका छन् ।
नमस्ते ज्वेलर्स, डिवाई बट्चर सप, नेपमार्ट र एभरेस्ट ग्लोबल सिल्भर स्पोन्सर रहेका छन् । जमघट नेपाली रेष्टुरेन्ट क्यान्टिन पार्टनर रहेका छन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]