5 months ago
September 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी उषा भण्डारीलाई १ लाख रुपैयाँसहित सम्मान गरेको छ।
नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उषा बेस्ट अपोजिट हिटर पनि घोषित भइन् ।
त्यस्तै सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो घोषित भएकी थिइन् । शिखर इन्स्योरेन्स सुमित्रा र शान्तिकलालाई ५० हजार रुपैयाँ सहित सम्मान गरेको छ।
शिखरले च्याम्पियन टोलीका सबै सदस्यलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरेको छ। पुलिस अपराजित रहँदै च्याम्पियन बनेर सोमवार स्वदेश आइपुगेको थियो ।
पूर्व मन्त्री रामकुमारी झाँक्री,शिखर इन्स्योरेन्सका अध्यक्ष गौरव अग्रवाल, सिइओ दिप प्रकाश पाण्डेलगायतले खेलाडीलाई सम्मान गरेका थिए।
पुलिसको भलिबल टोली
कमला पुन (कप्तान) , उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द
प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)
व्यवस्थापक – श्रवणकुमार झा, भरत कार्की
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]