6 months ago
September 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका वडा नं १६ र वडा नं १२ बीच दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको फाइनल हुने भएको छ ।
लैनचौर फुटसल मैदानमा मंगलवार भएको सेमिफाइनलमा वडा नं १६ ले वडा नं ६ लाई २-१ ले तथा वडा नं १ ले वडा नं २ लाई २-० ले हराउँदै फाइनल भेट पक्का गरेका हुन्।
पहिलो सेमीफाइनलमा नामोडुल सान्बो लामाको गोलबाट वडा ६ ले अग्रता बनाएको थियो । तर रविन निरौलाले बराबरी र निर्णायक गोल गर्दै वडा नं १६ लाई उपाधि नजिक पुर्याएका थिए ।
दोस्रो सेमिफाइनलमा वडा नं १२ लाई जित दिलाउन दुवै गोल मनोज महर्जनले गरेका थिए। सो खेलमा मनोज प्लेयर अफ दि म्याच चुनिए । फाइनल बुधबार बिहान ९ बजे हुनेछ ।
काठमाडौं महानगरपालिका वडा नं २३ को आयोजनामा असाज १ गते देखि सुरु भएको प्रतियोगिताको विजेता टिमले ट्रफीसहित २ लाख र दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
यसैगरी विधागत उत्कृष्ट, सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
March 31, 2025
काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]
March 31, 2025
सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]
March 24, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]