default_image

6 months ago

September 23, 2024

बद्रीलाल राष्ट्रिय भेट्रान च्याम्पियन

509 views

0 Bookmark

धादिङ (हाम्रो खेलकुद)- ललितपुरका बद्रीलाल नेपालीले छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। उनले उपाधिसंगै ४० हजार रुपैयाँ प्राप्त गरे। 

धादिङको थांक्रे गाउँपालिकाले प्रायोजन गरेको प्रतियोगितामा ३ पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल ७ चरणको खेलबाट ६ अंक जोड्दै च्याम्पियन बनेका हुन्। बद्रीलालले २१२४ रेटिङ पर्फोम गर्दै व्यक्तिगत २८ रेटिङ समेत वृद्धि गर्न सफल भए। 

१९३७ रेटेड बद्रीलालले आफ्ना पाँच जना प्रतिद्वन्द्वी विरुद्ध जित हासिल गरे भने पूर्व नेपाल च्याम्पियन द्वय सिएम नवीन तण्डुकार, एफएम बिलम लाल श्रेष्ठ सँग बराबर खेले। 

धादिङमा भऐको प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन सिएम नवीनले ५.५ अंक जोडेर दोस्रो स्थान प्राप्त गरे। १८६६ रेटेड सिएम नवीनले ५ जित र एक बराबर खेलेका थिए। काठमाडौंका नविनले २० हजार रुपैयाँ प्राप्त गरे।

पूर्व नेपाल च्याम्पियन एफएम बिलमलाल तेश्रो भए । ललितपुरका १९८७ रेटेड बिलमलालले डाइरेक्ट इन्काउन्टर, बुचोल्ज टाइब्रेक गेमप्वाइण्ट कट वान र कट टु , मोष्ट विन ब्लाकका आधारमा ५ अंक जोडे । उनले १५ हजार रुपैयाँ प्राप्त गरे।

नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा समान ५ अंक जोडेका भक्तपुरका जगन्नाथ ताम्राकार चौथो र ताप्लेजुङका हर्क बहादुर चोङ्वाङ पाँचौ भए । १८१२ रेटेड जगन्नाथले १० हजार र १७२० रेटेड हर्क बहादुरले ८ हजार रुपैयाँ हात पारे । 

यस्तै काठमाडौंका १८४३ रेटेड सिएम भगवती प्रसाद शर्माले ४.५ अंकका साथ छैटौं भए र उनले ५ हजार रुपैयाँ पाए । भक्तपुरका १८४५ रेटेड गणेशमान दुवाल सातौं भए र उनले ५ हजार रुपैयाँ प्राप्त गरे । 

निराजु धादिङ च्याम्पियन

धादिङ जिल्ला बुद्धिचाल संघले यसै अवसरमा ७ चरणको खेल खेलाउदै जिल्ला च्याम्पियन प्रतियोगिता सम्पन्न भएको छ।

निराजु लामा ६ अंकका साथ विजयी भए । मनिष कोइराला ५.५ अंकका साथ दोस्रो र रमेश हमाल ५ अंक जोडेर तेस्रो भए । निराजुले १५ हजार, मनिषले १० हजार र रमेशले ५ हजार रुपैयाँ प्राप्त गरे। 

धादिङ जिल्ला थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार कार्की र धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष विकास कार्कीले विजेतालाई पुरस्कृत गरे ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.