default_image

6 months ago

September 23, 2024

वडा नं १४ को बाहिरियो

361 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-  वडा नं १४ दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको क्वाटरफाइनलबाट विदा भएको छ ।

लैनचौर फुटसल मैदानमा सोमवार वडा नं १६ ले वडा नं १४ लाई टाइब्रेकरमा २-१ ले हराएर सेमिफाइनलमा स्थान बनायो ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट जितहारको निर्णय गरिएको हो । सो खेलमा वडा नं १६ का गोलरक्षक सुशान्त महत प्लेयर अफ दि म्याच घोषित भए ।

वडा नं १२ पनि सडन डेथमा वडा नं २६ लाई ७-६ ले हराएर सेमिफाइनल पुगेको छ  । निर्धारित समय १-१ ले टुंगिएको थियो । वडा नं १२ का लागि मनोज महर्जन र वडा नं २६ का लागि साजन शाहीले गोल गरे ।  विजयी टोलीका रवि कारञ्जित प्लेयर चुनिए।

यसैगरी वडा नं ६ र वडा नं २१ पनि सेमिफाइनलमा पुगेका छन् । वडा ६ ले क्वाटरफाइनलमा वडा ९ लाई २-० ले पराजित गर्यो । सो खेलमा प्लेयर अफ दि म्याच राकेश लामा र रामचन्द्र भण्डारीले गोल गरे ।

अर्को क्वाटरफाइनलमा अनिकेत देउलाको गोल निर्णायक बनेपछि वडा २१ ले वडा नं ८ को चुनौती १-० ले समाप्त पार्यो । सो खेलमा साजन डगोल प्लेयर अफ दि म्याच चुनिए ।

March 31, 2025

एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड यसै महिना हुने

काठमाडौं (हाम्रो खेलकुद )- एपिएफ महिन्द्रा स्पोर्टस अवार्ड २०८१ यसै महिनाको अन्त्यमा हुने भएको छ। सशस्त्र प्रहरी बल नेपालको खेलकुद तथा शारीरिक सुगठन शिक्षालयअन्तर्गत नेपाल एपिएफ क्लबको आयोजना र अग्नी ईन्कोपर्पोरेटेड प्रा.लि. महिन्द्राको सहकार्यमा पहिलो पटक अवार्ड हुने लागेको हो । चैत २९ गते हुने अवार्डमा एपिएफ वर्षका उत्कृष्ट खेलाडी महिला,पुरुष,युवा, प्रशिक्षक,टिम, चर्चित खेलाडीसहित नगदसहित […]

March 31, 2025

अस्ट्रेलियामा गल्कोट कप भलिबल हुँदै

सिड्नी (हाम्रो खेलकुद) – अस्ट्रेलियाको सिड्नीमा तेस्रो गल्कोट कप पुरुष भलिबल प्रतियोगिता नेपाली नयाँ वर्ष २०८२ को पहिलो साता आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता वैशाख ७ गते सिड्नीको लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा अस्ट्रेलियाका रहेका नेपाली समुदायका १२ देखि १४ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताको पुरस्कार राशि […]

March 24, 2025

घोडचढी संघलाई सम्झौता पालना नगरेकोमा ओसिएको पत्र

काठमाडौं (हाम्रो खेलकुद)- ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले नेपाल घोडचढी संघका अध्यक्ष रवि राजकर्णिकारले सम्झौता पालना नगरेकोमा आश्चार्य व्यक्त गरेको छ। ओसिएका महानिर्देशक हुसैन अल मुसल्लमले सोमवार राजकर्णिकारलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) विरुद्ध दायर मुद्दा अझै फिर्ता नलिएकोमा आश्चर्य व्यक्त गरेका हुन् । फागुन २७ गते कुवेतमा ओसिएको रोहवरमा एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र […]

Success

Thank you for your time.