6 months ago
September 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित उपसमितिले भलिबल कभर्ड हल निर्माणका लागि सम्भावित जग्गाहरुको सुचीसहितको प्रतिवेदन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई बुझाएको छ ।
एक महिनाको स्थलगत अध्ययनपछि तयार पारिएको प्रतिवेदन चन्द नेतृत्वको टोलीले आइतबार राखेप सदस्य सचिव टंकलाल घिसिङलाई बुझाएको छ । सदस्य सचिव स्तरीय निर्णयले चन्दको संयोजकत्वमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य रहेको उपसमिति गठन भएको थियो ।
समितिले काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानको स्थलगत अध्ययन गरि प्रतिवेदन तयार गरेको बताइएको छ ।सदस्य सचिव घिसिङले समयमै प्रतिवेदन बुझाएकोमा उपसमितिलाई धन्यवाद दिदै प्रतिवेदनको सुझावलाई आधार मानेर प्रक्रिया अघि बढाइने बताएका छन् ।
प्रतिवेदनको अध्ययनपछि उपयुक्त विकल्पको छनोट गरि भलिबल संघको साथमा प्रक्रिया अघि बढाइने घिसिङले जानकारी दिए । राष्ट्रिय खेल घोषणा भएको ७ वर्ष नाघिसक्दा पनि नेपालमा अहिले सम्म एउटा पनि अन्तर्राष्ट्रिय स्तरको भलिबल कभर्ड हल निर्माण भएको छैन ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]