5 months ago
September 20, 2024
सूर्य शुभचिन्तक , वीरगञ्ज
बारा कोल्हबीकी मिना चौधरी मधेश युनाइटेडको लागि छनोट भएककी छिन्। योसँगै एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) खेल्नका लागि मधेशको टोलीले पूर्णता पाएको छ।
इडब्लुभिएलका सहभागी टोली हरेकले ट्यालेन्ट हन्ट मार्फत एक जना खेलाडी छनोट गर्नुपर्ने प्रावधान छ। शुक्रवार वीरगञ्जको ज्ञानदा एकेडेमीको हलमा मधेशको ट्यालेन्ट हन्ट भएको थियो ।
बाराको जनशक्ति क्लबबाट खेल्ने मिनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग खेल्ने अवसर पाउने मधेश युनाइटेडकी प्रमुख कार्यकारी अधिकृत संज्ञा श्रेष्ठले बताइन्। मिनालाई श्रेष्ठले नै मधेशमा आवद्ध गरिएको पत्र र २५ हजार रुपैयाँ नगद प्रदान गरिन् ।
यसअघि भएको ट्यालेन्ट हन्टमा पनि मिना आवद्ध बाराकै जनशक्ति क्लब विजयी भएको छ । सर्लाही दोस्रो र पर्साको पर्सागढी नगरपालिकाको जनता मावि तेस्रो भएको छ।
राष्ट्रिय खेल भलिबलतर्फ महिला खेलाडीलाई अवसर दिन र आकर्षण बढाउन ट्यालेन्ट हन्टले महत्वपूर्ण भूमिका खेल्ने मधेश युनाइटेडका सञ्चालक रोहित अग्रवालको विश्वास छ ।
ट्यालेन्ट हन्ट एवम् इडब्लुभिएलको ट्रफी अनावरणमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले मधेश युनाइटेडले मधेशको पहिचान उच्च बनाउने विश्वास व्यक्त गरे । पछिल्लो समय खेलप्रति जनताको आकर्षण पनि बढ्दै गएको हुँदा यसले खेलाडीको पनि हौसला बृद्धि भएको महानगर प्रमुख सिंहको भनाई थियो ।
इडब्लुभिएलमा मधेश यूनाइटेडसँगै गण्डकी, ललितपुर, काठमाण्डौ, पोखरा, चितवन शक्ति र कर्णाली ६ टोलीको सहभागिता रहनेछ।
राष्ट्रिय टोलीकी स्पाइकर निरुता ठगुन्ना मार्की प्लेअर रहेको मधेश युनाइटेडमा ३ विदेशी खेलाडी पनि अनुबन्धन भइसकेका छन् ।
काजकिस्तानकी कालिनोभा यभजेनिया, ट्युनिसियाकी योस्रा जेरामदिनी र भारतीय महिला भलिबल टोलीकी कप्तान जिनी कोभात मधेशबाट खेल्नेछन् ।
राष्ट्रिय टोलीकी संगम महतो र शान्तिकला तामाङसहित काभा यू२० महिला च्याम्पियनसिप खेलेका यू२० राष्ट्रिय टिमकी एलिसा मानन्धर र आशिका क्षेत्री पनि मधेश टोलीमा छन् । राष्ट्रिय टोलीबाट खेलिसकेका पुजा थारु र हिरा केसी तथा महतो पनि मधेश युनाइटेडको खेलाडी हुन् ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा असोज १४ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा इडब्लुभिएल आयोजना हुँदैछ ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]