default_image

2 hours ago

September 20, 2024

फाइनल पुगेको पुलिस लिगमा अपराजित

3730 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा अपराजित रहँदै लिग चरणको अन्त्य गरेको छ ।

लिगको आफ्नो अन्तिम खेल जितेको पुलिसले ५ खेल जितेर १४ अंक जोडेको छ । पुलिसले एक खेल अगावै फाइनलमा स्थान बनाएको थियो । शुक्रवार पुलिसले माल्दिभ्सको घरेलु टोली पुलिसलाई ३-१ को सेटमा हराएको हो ।

पहिलो र दोस्रो सेट पुलिसले आफ्नो पक्षमा पारेको थियो । पुलिसले पहिलो सेट २५-१२ ले जित्दा दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पार्‍यो।

तेस्रो सेट घरेलु टोलीले २१-२५ ले जित हात पार्यो । चौथो सेट २५-२१ ले आफ्नो बनाउँदै पुलिसले अपराजित यात्रा कायमै राख्यो । पुलिसले‌ चौथो खेलमा आएर सेट हारेको थियो।

पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब, दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्स, तेस्रो खेलमा ताजकिस्तानको डाइमेडलाई ३-० को सेटमा पराजित गरेको थियो । चौथो खेलमा माल्दिभ्सको वान्को भलिबल क्लबलाई समान ३-२ को सेटले पराजित गरेको थियो ।

नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो । पुलिसले शनिवार फाइनल खेल्नेछ ।

September 20, 2024

करातेकी एरिकाले अर्को इतिहास रचिन्

प्रकाश तिमल्सिना,काठमाडौं करातेकी एरिका गुरुङले खेल जीवनमा अर्को इतिहास रचेकी छिन् । गत वर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी एरिका शुक्रवार २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेकी‌ छिन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छिन् । नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको इतिहास नै यो पहिलो पटक हो । एरिकाले प्री क्वाटरफाइनलमा […]

September 20, 2024

बाँकेकी गीता र आर्मीका मुकेश रात्री दाैडमा च्याम्पियन

नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्ज १० किमी नाइट रनको उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन् । धारा नेपालगन्ज म्याराथनकाे दशाैं संस्करण विशेष बनाउन ‘दशाैंमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको १० किलोमिटर रात्री दाैडमा महिला खुलातर्फ ५९ मिनेट १६:५२ सेकेन्ड पूरा गर्दै गीता पहिलो भएकी हुन् । काेहलपुरकी […]

September 20, 2024

पुलिस एक खेल अगावै फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेल अगावै फाइनल पुगेको छ । खेलेका सबै ४ खेल जितेर ११ अंक जोड्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । बिहीवार माल्दिभ्सको घरेलु टोली वाम्कोलाई पुलिसले ३-२ को सेटमा पराजित गरेको हो । रोमान्चक पहिलो सेट पुलिसले २१–२५ ले […]

Success

Thank you for your time.