5 months ago
September 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लिग चरणको आफ्नो अन्तिम खेल अगावै फाइनल पुगेको छ ।
खेलेका सबै ४ खेल जितेर ११ अंक जोड्दै पुलिसले फाइनलमा स्थान बनाएको हो । बिहीवार माल्दिभ्सको घरेलु टोली वाम्कोलाई पुलिसले ३-२ को सेटमा पराजित गरेको हो ।
रोमान्चक पहिलो सेट पुलिसले २१–२५ ले गुमायो । दोस्रो सेट भने पुलिसले २५–२० ले सेट आफ्नो पक्षमा पार्यो।
तेस्रो सेटमा भने वाक्कोले २१–२५ ले जित हात पार्यो । चौथो सेट २५-१८ ले आफ्नो बनाउँदै पुलिसले खेल २–२ मा ल्याएको थियो।
पाँचौं तथा निर्णायक सेट पुलिसले १५–१३ ले आफ्नो बनाउँदै अपराजित यात्रा कायमै राख्यो । पुलिसले चौथो खेलमा आएर सेट हारेको थियो।
पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब, दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्स र तेस्रो खेलमा ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० को सेटमा नै पराजित गरेको थियो ।
नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो । पुलिसले आज समूह चरणको अन्तिम खेलमा माल्दिभ्स पुलिस सर्भिसको सामना गर्नेछ ।
पुलिसको भलिबल टोली
कमला पुन (कप्तान), उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द
प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]
February 13, 2025
पोखरा (हाम्रो खेलकुद)- १९ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनका विभिन्न विधामा गरि ३ हजार बढीले दौडने भएका छन्। नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजना शनिवार म्याराथन हुँदैछ। मन्चले बिहीवार पत्रकार सम्मेलनमा गर्दै अलग अलग विधामा ३ हजार १ सय ७५ जनाले नाम दर्ता गरेको जानकारी दिइयो। म्याराथनमा नेपाल, भारत, चीन, अमेरिका, केन्यालगायत २१ देशका ८० विदेशीसहित […]