default_image

6 months ago

September 19, 2024

मिष्टर काठमाडौं राईको शव श्रद्धाञ्जलीका राखेप परिसरमा राखिने

1233 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पाँचौं मिष्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको शव श्रद्धाञ्जलीका लागि शुक्रवार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को परिसरमा राखिने भएको छ।

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका‌ अध्यक्ष सुरेश सुवेदीले श्रद्धाञ्जलीको लागि राईको शव दिउँसो २:३० बजेदेखि राखेप परिसरमा राखिने छ जानकारी दिए। संघले राईलाई श्रद्धाञ्जली दिन शारीरिक सुगठन खेल प्रेमीहरुलाई उपस्थितिको लागि आग्रह गरेको छ।

राईको हृदयघातबाट बुधवार निधन भएको थियो।
राखेप कभर्ड हलमा २८ र २९ गते काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजना भएको पाँचौं मिष्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगितामा पथरीशनिश्चरे नगरपालिकाका ४५ वर्षे राई ओभरअल विजेता बनेका थिए। राईको श्रीमती र एक छोरा छन् ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.