6 months ago
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एनसेलले पेरिस २०२४ पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनसहित सहभागी ५ सदस्यीय टोलीलाई बुधवार नगदसहित सम्मानित गरेको छ ।
राष्ट्रिय पारालिम्पिक कमिटी (एनपिसी) नेपालको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा एनसेलले पलेशालाई १० लाख, प्रशिक्षक कविराज नेगी लामालाई ३ लाख, अर्का तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठलाई समान १ लाख रुपैयाँसहित सम्मानित गर्यो ।
एनपिसी नेपालले पनि पेरिस पारालिम्पिकमा सहभागी टोलीसहित विगतका विभिन्न संस्करणको पारालिम्पिकमा सहभागी पारालिम्पियन विक्रमबहादुर राना, मैया विशुंखे, लक्ष्मी कुँवर र निर्मला ज्ञवालीलाई पनि सम्मान गरेको थियो । निर्मला कार्यक्रममा उपस्थित थिइनन् ।
सोही अवसरमा एनपिसी नेपालले पारा खेलकुद प्रति चासो व्यक्त गर्दै सहयोग पुर्याएवापत ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को सदस्य तथा ओसिएको स्पोर्ट्स एन्ड इन्भाइरोमेन्टको अध्यक्षमा चयन भएका नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ,राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य एवं पेरिस पारालिम्पिकको तेक्वान्दो टोलीका टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ, पेरिस पारालिम्पिकका नेपाली टोलीका सेफ दि मिसन सरोज श्रेष्ठलगायतलाई पनि सम्मान गरिएको थियो ।
उनीहरुलाई युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, एनपिसी नेपालकी अध्यक्ष राधा घले, वरिष्ठ उपाधयक्ष केदार सिवाकोटी, एनसेलका प्रतिनिधिलगायतले सम्मान गरे ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]