7 months ago
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा काठमाडौंमा आयोजना हुने महिला तथा पुरुष एसिया रग्बी सेभेन्स ट्रफीमा १७ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा असोज १८ र १९ गते हुने प्रतियोगितामा पुरुष तर्फ १४ तथा महिला तर्फ ८ टोलीले भाग लिने बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए।
पुरुषमा नेपालसहित अफगानिस्तान, बहराइन, भारत, जोर्डन, काजकिस्तान, पाकिस्तान, फिलिपिन्स, कतार, साउदी अरबिया, उज्वेकिस्तान, बंगलादेश, चाइनिज ताइपेईं र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् । महिलामा नेपाल, भारत, गोआम, इन्डोनेसिया, इरान, फिलिपिन्स, उज्वेकिस्तान र श्रीलंका छन् ।
यसअघि नेपाल रग्बी संघले सन् २०२२ मा एसिया रग्बी यु–१८ सेभेन्स र सन् २०२३ मा एसिया रग्बी यु–२० सेभेन्सको आयोजना गरेको थियो । संघको व्यवस्थापनमा हुन लागेको यो तेस्रो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो ।
प्रतियोगिताका लागि कुल ४ सय ५० भन्दा धेरै खेलाडी तथा अफिसियलले सहभागिता जनाउने बताइएको छ। दुवै तर्फका विजेताले ट्रफी र मेडल तथा दोस्रो र तेस्रो हुने टोलीले पदक पाउने छन् । प्रतियोगिताको अनुमानित बजेट करिब २ करोड २० लाख रुपैयाँ रहेको बताइएको छ ।
एसिया रग्बी सेभेन्स ट्रफी एसियाली खेलकुद र ओलम्पिक छनोटको माध्यम समेत रहेको संघका महासचिव गोविन्द घिमिरेले बताए । उनका अनुसार प्रतियोगिताका अन्तिम दुई टोली रेलिगेसनमा पर्नेछ भने च्यालेन्ज कपका शीर्ष दुई टोली एसिया रग्बी सेभेन्स सिरिजमा उक्लिने छन् ।
संघले एसिया रग्बी सेभेन्सको तयारीका लागि न्युजिल्यान्डका अनुभवी प्रशिक्षक मुरे पउल स्टुर्ट फ्रेड रोयलाई नियुक्त गरेको थियो ।
मुरेको प्रशिक्षणमा नेपालका दुवै टोलीले भक्तपुरमा दुई महिना प्रारम्भिक प्रशिक्षण गरेको थियो भने हाल पोखरामा बन्द प्रशिक्षणमा छन् । यसै प्रतिस्पर्धाका लागि नेपालको को १६ सदस्यीय महिला/पुरुष टोलीको घोषणा भैसकेको छ ।
संघका महासचिव घिमिरेका अनुसार एसियामा नेपाल अहिले पुरुष तर्फ १० औं र महिला तर्फ छैटौं वरियतामा छ ।
April 30, 2025
पोखरा (हाम्रो खेलकुद )- ‘नवौं पोखरा स्पोर्टस् अवार्ड २०८१’ को ४ विधाको मनोनयन सार्वजनिक भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्पोर्टस् अवार्डको ४ विद्याको मनोनयन आयोजक संस्था नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सम्मेलन मार्फत सार्वजनिक गरेको हो । अवार्डको वर्ष सर्वोत्कृष्ट खेलाडी पुरुष र महिला, वर्ष उदीयमान वर्ष खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक विधाका […]
April 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन बुधवार दोहोरो सफलता प्राप्त गरेको छ । नेपाल हक्की संघको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी […]
April 30, 2025
हिमाल खरेल, बिर्तामोड झापाको बिर्तामोडमा रहेको नेपालकै ठुलो इनडुअर फुटसल कोर्टमा हुने खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । यही बैशाख १९ र २० गते हुने खेलाडी सम्मिलित प्रथम बिर्तामोड फुट–७ कप खुला फुटसल प्रतियोगिताको तयारी पूरा भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । बिर्तामोड–५ स्यालडाँगीनजिकै रहेको बिर्तामोड स्पोट्र्स सेन्टरद्वारा सञ्चालित […]