default_image

3 months ago

September 17, 2024

काभा क्लब च्याम्पियनसिप – पुलिस र डाइमेडसँग खेल्दै

3756 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा तेस्रो खेल आज खेल्दै छ ।

पुलिसले तेस्रो खेलमा ताजकिस्तानको डाइमेड भलिबल क्लबसँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ।

पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लब र दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्सलाई समान ३-० को सेटमा नै पराजित गरेको थियो ।

नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो । लिगको चौथो तथा समूह चरणको अन्तिम खेलमा पुलिसले बिहीवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

पुलिसको भलिबल टोली

कमला पुन‌ (कप्तान), उषा भण्डारी, पुनम चन्द, कामना विष्ट, शान्तिकला तामाङ, मनिषा चौधरी, सरस्वती चौधरी, निरुता ठगुन्ना, सुमित्रा रेग्मी, कोपिला राना, सरस्वती कटेल, लक्ष्मी चन्द
प्रशिक्षक – रुपेश विष्ट (मुख्य), सुशिला थापा (सहायक)

December 21, 2024

श्रीकृष्णलाई उग्रचण्डी कप बुद्धिचाल उपाधि

काभ्रेपलाञ्चोक (हाम्रो खेलकुद)-  उग्रचण्डी मावि  र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिवार भएको उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि श्रीकृष्ण मानन्धरले‌ जितेका छन्। काभ्रेपलाञ्चोक जिल्लाका १८०० रेटिङ्ग मुनिको प्रथम जिल्ला स्तरीय प्रतियोगिताको ६ चरणको‌ खेलमा सबै लाई हराउँदै श्रीकृष्ण मानन्धरले उपाधि जितेका हुन् । बनेपाको नाला स्थित उग्रचण्डीमा भएको प्रतियोगितामा ६ खेलाडीले समान ५ अंक […]

December 20, 2024

बागमतीमा २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गरिँदै

हेटौंडा (हाम्रो खेलकुद) – बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय मातहतको प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदका विभिन्न विद्यामा स्वयंसेवक प्रशिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ । स्वयंसेवक छनोट निर्देशक समितिको बैठकको निर्णय अनुसार परिषद्ले विभिन्न १२ विधाका खेलकुदका लागि २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दैछ । परिषद्ले स्वयंसेवक प्रशिक्षकको रुपमा सूचिकृत हुन सूचना समेत जारी […]

December 20, 2024

कोशी खेलकुद बोर्डले खेल संघ दर्ता मार्गनिर्देशन पारित गर्यो

हिमाल खरेल,बिर्तामोड कोशी प्रदेश खेलकुद विकास बोर्डले खेल संघ तथा खेल संस्थाहरुको दर्ता, नवीकरण, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन–२०८१ पारित गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमा बसेको बोर्डको २४ औँ बैठकले मार्गनिर्देशन पारित गरेको हो । कोशी प्रदेशका सामाजिक विकासमन्त्री तथा बोर्डका अध्यक्ष पाँचकर्ण राईको अध्यक्षतामा बसेको बैठकले पारित मार्गदर्शनले खेलकुद विकास बोर्डलाई प्रदेशमा […]

Success

Thank you for your time.