6 months ago
September 16, 2024
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब माल्दिभ्समा जारी काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ ।
पुलिसले सोमवार भएको आफ्नो दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयर फोर्सलाई पराजित गरेको छ ।
माल्दिभ्सको मालेमा भएको खेलमा पुलिसले एयर फोर्सलाई ३-० सोझो सेटमा पराजित गर्यो । पुलिसले पहिलो सेट २५-१६, दोस्रो सेट २५-२० र तेस्रो सेट २५-२१ ले जितेको थियो ।
आफ्नो पहिलो खेलमा पुलिसले आइतवार उज्वेकिस्तानको हुमो क्लबलाई पनि ३-० को साझो सेटमा पराजित गरि प्रतियोगिताको सुखद सुरुवात गरेको थियो । नेपालको लिगको विजेताका रुपमा पुलिसले क्लब च्याम्पियनसिपमा भाग लिएको हो ।
लिगको तेस्रो खेलमा पुलिसले मंगलबार ताजकिस्तानको क्लबको सामना गर्दैछ । चौथो तथा समूह चरणको अन्तिम खेलमा बिहीवार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]