default_image

6 months ago

September 15, 2024

इडब्लुभिएलको ट्रफी सार्वजनिक

522 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पहिलो पटक नेपाली भलिबलमा‌ हुन लागेको फ्रेन्चाइज एभरेष्ट वुमन्स भलिबल लिग( इडब्लुभिएल) को वात्सल्य नेचुरल आइभिएफ प्रमुख प्रायोजक रहेको छ।

लिगको ट्रफी सार्वजनिक गर्ने कार्यक्रममा आइतवार आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले प्रमुख प्रायोजकको पनि घोषणा गरेको हो।

करिब ७० लाख रुपैयाँ बराबरको प्रायोजन वात्सल्य नेचुरल आइभिएफबीले गरेको हो। वात्सल्य नेचुरल आईभिएफका संस्थापक तथा प्रबन्ध निर्देशक प्रशान्त सुवीदीले इन्फिनिटी ड्रिम्सलाई नगद ५५ लाख रुपैयाँ उपलब्ध गराउने हाम्रो खेलकुद डटकमलाई बताए।

यसबाहेक कोल्याटर र प्रचार प्रसार जस्ता कामको लागि थप १५ देखि २० लाख रुपैयाँ खर्च हुने उनले जनाए। वात्सल्यले महिला स्वस्थको क्षेत्रमा काम गरेको र महिला भलिबलसँग जोडिदै भलिबल विकासमा सहयोग पर्याउन चाहेको सुवेदीले बताए। यो सम्झौता दुई वर्षको लागि भएको हो।

नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले भलिबलसँग जोडिएकोमा प्रमुख प्रायोजकलाई धन्यवाद दिंदै लामो समयसम्म यो साथलाई कायमै राख्न पनि आग्रह गरे। उनले आयोजक इन्फिनिटी ले महिला भलिबल लिगमा नसोचेको कामको सुरू गरेकोमा धन्यवाद दिए।

भलिबल संघका अध्यक्ष चन्द, महासचिव रोशन श्रेष्ठ,
आइभिएफका प्रबन्ध निर्देशक प्रशान्त सुवीदी र इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चापागाईंले‌ संयुक्तरुपमा इडब्लुभिएलको ट्रफी सार्वजनिक गरेका हुन्।

६ टोलीको सहभागितामा असोज १४ देखि १९ गते सम्म राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा इडब्लुभिएल हुनेछ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.