6 months ago
September 15, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिताको सबै तयारी पूरा भएको छ ।
काठमाडौं महानगरपालिका वडा नं २३ को आयोजनामा असाज १ देखि ९ गतेसम्म लैनचौर फुटसल मैदानमा प्रतियोगिता हुँदैछ ।
प्रतियोगितामा काठमाडौं महानगरपालिका केन्द्रसहित ३१ वडाको सहभागिता रहनेछ । उद्घाटन खेल काठमाडौं महानगरपालिका र आयोजक २३ वडा बीच हुनेछ ।
आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनले आइतवार पत्रकार सम्मेलनमा नेपालमा फुटसलको व्यवसायिक प्रवद्र्धनमा योगदान गर्न र यसको माध्यमबाट खेलप्रति आम नागरिक र युवा वर्गलाई प्रेरित गराउन वडा स्तरबाटै यो फुटबल प्रतियोगितको आयोजना गर्न लागेको जानकारी दिए । उनका अनुसार प्रतियोगितामा ३ सय ८४ युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र ५ सय युवा परिचालन हुनेछन् ।
नकआउटको आधारमा हुने प्रतियोगितामा विजेताले ट्रफीसहित २ लाख, दोस्रो टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ । यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यस फुटसल प्रतियोगितालाई सफल पार्न वडा सदस्य गोलपाल नापितको संयोजकत्वमा सदस्यहरु राजेश मास्के, हरिओम श्रेष्ठ, प्रज्वल शाक्य र रामबहादुर रम्बा रजक रहेको मुल समिति गठन गरिएको छ ।
प्रतियोगितामा २० लाख रुपैयाँ खर्च हुने अनुमान छ ।
वडा न२३ को टिम टिमलाई जर्सी हस्तान्तरण पनि गरिएको थियो । विशाल श्रेष्ठको कप्तानीमा वडा न२३ प्रतियोगितामा सहभागी हुनेछ ।
स्टार हस्पिटलसँग सहकार्य
आयोजक वडा नं २३ र स्टार हस्पिटलबिच आइतवार नै प्रतियोगिताको मेडिकल साझेदारको सम्झौता पनि भएको छ । वडा नं २३ का अध्यक्ष मचाराजा महर्जन र स्टार हस्पिटलका अध्यक्ष किशोर महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]