5 months ago
September 14, 2024
काठमाडौं (हाम्रो खेलकुद )- युरोपको हंगेरी स्थित बुढापेष्टमा भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक खुल्ला बुद्धिचाल दोश्रो चरणको खेलमा पनि नेपाली विवेक थिङले राम्रो प्रदर्शन गरेका छन्।
विवेकले हंगेरिका अन्तर्राष्ट्रिय खेलाडी बाकी बेन्सलाई हराएका छन्। ४५ औं ओलम्पियाडमा विवेकको यो दोस्रो जित हो।
विवेकले दुई चरणको खेलमा शतप्रतिशत नतिजा निकाल्दै स्पर्धामा अगाडि रहन सफल भएका छन् । क्याण्डिडेड मास्टर विवेकले तेस्रो चरणको खेलमा हंगेरियन अन्तर्राष्ट्रिय मास्टर मेसजारोस आन्द्राससँग प्रतिस्पर्धा गर्नेछन्।
नेपालका शीर्ष २२८२ रेटेड विवेकले हंगेरियन २११९ रेटेड आन्द्राससँग कालोगोटीबाट प्रतिउत्तर दिनेछन्।
बुढापेष्टको स्पोर्ट्स हलमा सेप्टेम्बर १२ देखि सञ्चालन भइरहेको ओलम्पिक रिङ्स एक्स्पो क्लासिक चेस २१ सेप्टेम्बर सम्म ९ चरणको खेल हुनेछ।
स्विस मानेजर सफ्टवेयर प्रयोग भएको स्पर्धामा क्लासिकल ९० मिनेट ३० सेकेण्ड इन्क्रिजमेण्ट समय रहने छ। बुकोल्ज कट वा र टु , बर्गर सोनेबर्न र प्रोग्रेसिभ नियम लागु गरिएको प्रतियोगिता अन्तर्राष्ट्रिय निर्णायक जेडसल्ट कोर्पिक्सले सम्पन्न गर्नेछन्।
विवेकले दुई खेलबाट ४ रेटिङ वृद्धि गरि सकेका छन्। प्रतियोगिता भरि उनले १८ रेटिङ वृद्धि गर्न सके २३०० रेटिङ पर्फोमेन्सका आधारमा पहिलो फिडे मास्टरको उपाधि प्राप्त गर्ने छन्। प्रतियोगिताकस लागि विवेक अष्ट्रेलियाबाट हंगेरी पुगेका हुन् ।
नेपाल बुद्धिचाल महासंघले ४५ औं चेस ओलम्पियाड खेलका लागि राष्ट्रिय प्रतियोगिता मार्फत खेलाडी छनोट गरेको थियो । तर नेपाली टोलीलाई आयोजक राष्ट्रले भिसा उपलब्ध नगराएपछि खेलाडी निराश भएका छन् ।
विश्व बुद्धिचाल महासंघले नेपाल सहित २० राष्ट्रले भिसा प्राप्त गर्न नसकेको विषयमा चासो लिएको बताइएको छ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]