default_image

1 month ago

September 13, 2024

क्यानका पूर्व अध्यक्ष पाण्डेलाई‌ लाइफ टाइम अचिभमेन्ट अवार्ड 

165 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पल्सर स्पोर्ट्स अवार्ड २०८० मा शुक्रवार लाइफ टाइम अचिभमेन्ट अवार्डबाट नेपाल‌ क्रिकेट संघ (क्यान) का पूर्व अध्यक्ष विनयराज पाण्डे सम्मानित भएका छन्।‌

क्यानका संस्थापक मध्ये एक हुन् , पाण्डे। सन् १९६० को दशकमा हुने गरेको मदन मेमोरियल र विष्णु ट्रफी प्रतियोगिता नियमित हुन नसकेपछि एउटा संगठित संघ गठन गर्ने सल्लाह भयो। जहाँ जय कुमारनाथ शाह अध्यक्ष र पाण्डे महासचिवको जिम्मेवारीमा‌ रहे।‌

यसपछि उनले नेपाली क्रिकेटको विकासमा ६ दशक भन्दा वढी समय दिएका छन। १९६४ देखि २००२ सम्म ३८ वर्ष उनी महासचिवको जिम्मेवारीमा रहे।

घरेलु संरचना, जिल्लामा विस्तार, उमेर समुहको प्रतियोगिता अनि अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला वढाउने क्रममा आइसीसी र एसीसीको मान्यता, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा प्रवेश र  एकपछि अर्को सफलतामा पाण्डेको भुमिका महत्वपूर्ण रह्यो।

२००५ देखि २०११ सम्म पाण्डे क्यानको अध्यक्षको पदमा रहे। त्यस्तै उनी एसियाली क्रिकेट परिषद (एसीसी) को केन्द्रिय सदस्य हुंदै उपाध्यक्ष सम्मको जिम्मेवारीमा पुगेका थिए। अन्तराष्ट्रिय सम्बन्ध स्थापित र विस्तराम उनको भुमिका विशेष रह्यो।

नेपाल आइसिसीको प्रतिबन्धमा परेपछि पुन प्रतिबन्ध फुकाउन उनले खेलेको भूमिका सँधै स्मरणीय रहनेछ। आइसिसी र एसिसीबाट प्राप्त लाइफटाइम सर्भिस अवार्ड उनले प्राप्त गरेको ठूलो पदक हो।‌

यीनै योगदानको कदर गर्दै पाण्डेलाई मञ्चले लाइफ टाइम अचिभमेन्ट अवार्ड सम्मान गरेको हो। उनलाई १ लाख रुपैयाँ प्रदान गरियो।

यो अवार्ड ग्रहण गरेपछि पाण्डेले नेपालमा एउटा मात्र अन्तराष्ट्रिय क्रिकेट मैदान मात्र भएपनि नेपालले दुई पटक विश्व कप जितेको बताए । उनले भौतिक पुर्वाधारको अभाव भएपनि नेपाली क्रिकेटमा प्रतिभाको कमी नभएको जिकिर गरे। उनले राष्ट्रिय खेलकुद परिषद, टियु विश्वविद्यालय र टियु मैदान निर्माण गरेको जी टिभीलाई पनि सम्झिए।‌

October 22, 2024

मिसन २०२६ को प्रशिक्षण मंसिरबाट पुनः सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को तयारीका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण मंसिर १ गतेदेखि पुनः सुरु गर्ने भएको छ । सन् २०२६ मा जापानमा हुने २० औं एसियाडमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि बढी सम्भावना भएका विभिन्न खेलका खेलाडीलाई समावेश गरी विशेष […]

October 22, 2024

साविक विजेता प्रदीपको जित

काठमाडौं (हाम्रो खेलकुद) – प्रदीप खड्का, राजवीर प्रधान र प्रणव खनालले चौथो वीर गणेशमान सिंह राष्ट्रिय खुला टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलवार जित हासिल गरेका छन् । उपाधिमा ह्याट्रिक गर्ने अभियानमा रहेका प्रदीपले प्रितम परियारलाई ६–० र ६–१ को सोझो सेटमा पराजित गरे । प्रदीप पछिल्लो दुई संस्करणका विजेता विजेता हुन् । राजवीरले सक्षमविक्रम शाहलाई […]

October 22, 2024

राष्ट्रिय र्यापिड बुद्धिचालमा क्षितिज अगाडि

कन्चनपुर (हाम्रो खेलकुद)– दोश्रो राष्ट्रिय र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिकामा मंगलवार सुरु भएको छ । राष्ट्रिय बुद्धिचालका शीर्ष ६३ खेलाडी सहभागी रहेको प्रतियोगितामा बाँकी ४ चरणका खेल बुधवार हुनेछन् । नेपाल बुद्धिचाल महासंघ र काठमाडौं स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पहिलो दिन पाँचौ चरणका खेल सम्पन्न भएका छन् । एफएम क्षितिज […]

Success

Thank you for your time.