6 months ago
September 12, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली खेलकुद पत्रकाहरूको छाता संगठन एआइपिएस एसियाको २५औं कंग्रेस काठमाडौंमा बिहीवार सम्पन्न भएको छ।
खेलकुद पत्रकारको छाता संगनठन एआइपिएसको एसियाली क्षेत्रको कंग्रेस नेपालमा पहिलो पटक आयोजना भएको हो ।
कंग्रेसमा ३० राष्ट्रका खेलकुद पत्रकारहरू सहभागी छन् । उद्घाटन सत्रमा एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङले विश्व खेलकुदमा एसियाले नेतृत्व गरिरहेको र त्यसको उदाहरण पछिल्लो ओलम्पिकमा एसियाली राष्ट्रले पाएको सफलताले स्पष्ट पारेको विश्वास व्यक्त गरे ।
कंग्रेसको उद्घाटनका अवसरमा नेपालका लागि पेरिस पारालिम्पिकमा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धन, पत्रकार शिवानी थापा, भारत र चीनकी महिला पत्रकार र इस्पोटर्सकी एसियाकी प्रतिनिधिबीच महिला सशक्तिकरणबारे छलफल भएको थियो ।
नेपाल पर्यटन बोर्डले नेपालका विश्व सम्पदा सूचीमा रहेका ऐतिहासिक स्थल, पर्यटकीय क्षेत्र, भाषा संस्कृति, हिमालपहाड र देशको भौगोलिक अवस्थाका बारेमा वृत्तचित्र प्रस्तुत गरेको थियो ।
पछिल्ला समय लोकप्रिय बन्दै आएको इस्पोटर्सको अवस्थाबारे वृत्तचित्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा एआइपिएस एसियाले होटल एसोसिएसन अफ नेपाल (हान) र सिएमआर नेपालबीच सहकार्य भएको छ ।
सोही कार्यक्रममा एआइपिएस एसिया र होटल एसोसिएसन नेपाल अफ नेपाल (हान) बीच सम्झौता भएको छ । हानका अध्यक्ष विनायक शाह र एआइपिएस एसियाका अध्यक्ष ही दोङ जङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
उक्त सम्झौताअनुरूप एआइपिए एसियाका एक हजारभन्दा सदस्य पत्रकारले नेपाल आउँदा होटलमा सुविधामा १० प्रतिशत छुट प्राप्त गर्नेछन् । यसै अवसरमा हानले एआइपिएस एसियाका अध्यक्ष दोङलाई नेपालको सदभावना दूतको रूपमा पनि नियुक्त गरेको छ।
एआइपिएस एसिया र सिएमआर नेपालबीच खेल पत्रकार प्रशिक्षणका लागि सम्झौता भएको छ । एआइपिएस एसिया अध्यक्ष ही दोङ जङ र सिएमआर नेपालका निर्देशक उज्वल आचार्यबीच सम्झौता भएको हो ।
सम्झौताअनुसार सिएआर नेपालले एआइपिएस एसियालाई हरेक सेसनमा दुई वटा खेलपत्रकार प्रशिक्षण कोटा प्रदान गरेको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) आशिंक छात्रवृत्तिमा एआइपिएस एसियाले उक्त प्रशिक्षण कोटा प्राप्त गर्नेछ ।
त्यसअघि नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस एसिया) को एभरेटस्ट होटलमा एक कार्यक्रमबीच उद्घाटन भएको हो ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले २५औं कंग्रेसको उद्घाटन गरेका थिए । मन्त्री चौधरीले देशमा यस्ता आयोजना सम्पन्न हुनु ऐतिहासिक रहेको र यस किसिमका कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीसहित पदाधिकारी, विभिन्न देशका खेल पत्रकार, ओलम्पियन र विभिन्न खेलका खेलाडी उद्घाटन सत्रमा उपस्थित थिए ।
राखेप सदस्यसचिव घिसिङले काठमाडौंमा एआइपिएस एसियाको २५औं कंग्रेस आयोजना गर्न पाउँदा विशेष खुसी मिलेको र यो डिजिटल युगमा खेलकुद पत्रकारिताको विकसित परिदृश्यबारे छलफल गर्न ३० देशका खेलकुद पत्रकारहरू भेला हुनु प्रेरणादायी रहेको बताए ।
विकासशील राष्ट्रको रूपमा खेलकुद लगानीमा चुनौतीहरू भए पनि आफ्ना खेलाडीले विश्वका मञ्चमा गर्विलो इतिहास सिर्जना गर्नु सुखद क्षण रहेको उनको बुझाइ छ ।
घिसिङले युवाहरूलाई प्रेरित गर्न, अनुशासन बनाउने र आफ्नो राष्ट्रको प्रतिनिधित्व गर्नमा गर्वको भावना जगाउने एक शक्तिशाली माध्यमको रूपमा खेलकुद रहेको धारणा राखे ।
९ वर्ष अघि मञ्चको व्यवस्थापनमा एआइपिएस एसियाको केन्द्रिय समितिको बैठक आयोजना भएको थियो।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]