default_image

6 months ago

September 11, 2024

भारतीय सुर्याले चितवनबाट इडब्ल्युभिएल खेल्ने

1529 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – भारतीय राष्ट्रिय टोलीकी मिडल ब्लकर सुर्याले चितवन शक्तिबाट इडब्ल्युभिएल खेल्ने भएकी छिन्‌ ।

एभरेष्ट महिला भलिबल लिग (इडब्ल्युभिएल)का लागि चितवन शक्तिले दोस्रो विदेशी खेलाडीका रुपमा सुर्यालाई अनुबन्ध गरेको जनाएको छ ।

इडब्ल्युभिएलका लागि चितवनले यसअघि नै आफ्नो पहिलो विदेशी खेलाडीको रुपमा अजरबैजानकी अपोजिट हिटर केन्सिया पावेल्निकोलाई अनुबन्ध गरिसकेको छ ।

सुर्या नेपाली भलिबलको लागि परिचित अनुहार हुन् । उनी यस अघि पनि नेपाली भलिबल लिगहरुमा आई एभरेष्ट क्लब बुटबलबाट खेलिसकेकी छिन् । उनले २०८१ मा भएको क्लब च्याम्पियनसिप लिगमा उत्कृष्ट ब्लकरको उपाधि जितेकी थिएइन् ।

यसअघि पनि २०८० मा भएको एनभिए लिगमा पनि उनी उत्कृष्ट स्पाइकरको उपाधि जितेकी खेलाडी हुन् ।
उनी नेपालमा आई महिला लिग खेल्न निकै उत्साहित रहेको बताइएको छ।

चितवन अनुभवी खेलाडीलाई टोली अनुबन्ध गर्दा निकै खुसी रहेको जनाएको । उनको उपस्थितिले नेपाली दर्शकमा उत्साह र खेल निकै रोमाञ्चक हुने अपेक्षा चितवनको छ ।

चितवन शक्तिका लागि नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही मार्की खेलाडीको रुपमा रहेकी छिन् । सुर्या सम्मिलित भारतीय टोलीले गत महिना नेपाली टोलीलाई ३-२ सेटले हराउँदै काभा महिला नेसन्स लिगको उपाधि जितेको थियो।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.