6 months ago
September 10, 2024
काठमाडौं(हाम्रो खेलकुद) – अर्को महिना आयोजना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली काठमाडौं स्पाईकर्सले आफ्नो लोगो सार्वजनिक गरेको छ ।
नेपालमा पहिलो पल्ट आयोजना हुन गइरहेको फ्रेन्चाइज लिग इडब्लुभिएलमा उच्च प्रदर्शन गर्ने तयारी सुरु गरेको स्पाइकर्सले जनाएको छ ।
काठमाडौंले नेपाली राष्ट्रिय भलिबल टोलीकी खेलाडी उषा भण्डारीलाई मार्की खेलाडीका रुपमा टिममा भित्राएको छ । राष्ट्रिय टोलीका प्रशिक्षक जगदिश भट्टले काठमाडौंलाई प्रशिक्षण दिनेछन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा ६ टोलीको सहभागिता असोज १४ देखि १९ गते सम्म इडब्लुभिएल हुनेछ।
टिम काठमाडौं
उषा भण्डारी ‘ए’, आरती सुवेदी ‘बि’, कोपिला राना ‘बि’, कमला पुन ‘बि’, उषा विष्ट ‘बि’, निशा महर ‘सी’, वसन्ती साउद ‘सी’, रश्मिता दुरा ‘सी’
प्रशिक्षक– जगदीश भट्ट
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]