default_image

6 months ago

September 5, 2024

एपिएफ दुवैतर्फको उपाधिका भिड्ने

2151 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद)- लामाचौर कप भलिबलमा एपिएफले दुवैतर्फको उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ।

फाइनलमा एपिएफले महिलातर्फ टिप‌ टप न्यु डायमण्ड स्पोर्टस क्लब र पुरुषतर्फ अर्को विभागीय टोली नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा पोखरा १९ लामाचौरस्थित इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा जारी प्रतियोगिताको लिग चरण बिहीवार सकिएको छ।

लिग चरणको महिलातर्फको अन्तिम खेलमा न्यु डायमण्डले एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै शीर्षस्थानमा रह्यो ।

पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २५-२३ र तेस्रो सेट समेत २५-२३ ले हराउँदै न्यु डायमण्डको ९ अंक पुगेको थियो।

न्यु डायमण्डले लिगचरणमा गण्डकी र एभरेष्ट भलिबललाई ३-० को सोझो सेटमा हराएको थियो । त्यो खेलअघि नै न्यु डायमण्ड र एपिएफ फाइनल पुगिसकेका थिए।

एपिएफ दोस्रो स्थानमा रह्यो । एपिएफको कुल ३ खेलबाट ६ अंक रह्यो । एपिएफले लिग चरणमा एभरेष्टलाई ३-० को सोझो सेट र गण्डकीलाई ३-१ को सेटमा हराएको थियो ।

अर्को खेलमा एभरेष्टले गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । पहिलो सेट प्रतिस्पर्धात्मक रहेपनि नतिजा भने एभरेष्टको पक्षमा २६-२४ रह्यो । दोस्रो सेटमा २५-१३ र तेस्रो सेटमा २५-१९ ले हराउँदै एभरेष्टले जित हासिल गरेको हो । यो संगै एभरेष्टले ३ खेलमा १ जित र २ हारसहित ३ अंक जोड्यो। अंकविहिन गण्डकी अन्तिममा रह्यो ।

पुरुषतर्फ पुलिस एक अगावै फाइनल प्रवेश गरेपनि अन्य टिमको टुंगो भने विहिबारमात्रै लाग्यो । बुधबार निर्धारित समयअनुसार एपिएफ र गण्डकीको खेल खराब प्रकाशका कारण हुन नसकेपछि विहिबार विहानमात्रै खेल भएको थियो । उक्त खेलमा एपिएफले गण्डकीलाई
३-० को सोझो सेटमा हराउँदै फाइनलको यात्रा तय गरेको हो । एपिएफले गण्डकीमाथि २५-१८, २५-२३ र २५-१६ को हार व्यहोरेको हो । एपिएफको दुई खेलबाट ६ अंक छ । दुवै टोलीको समान६ अंकसहित फाइनल पुगे।

शीर्षस्थानको लागि लिगचरणको अन्तिम पुलिस र एपिएफको खेल समेत प्रकाश अभावका कारण रोकिएको छ । पुलिस र एपिएफले १-१ सेट जित्दा खेल स्थगित भएको हो । पहिलो सेट पुलिसले २५-१८ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा पुलिस १९-२५ ले पछि पर्यो ।

गण्डकीले गलकोटलाई ३-२ को सेटमा हरायो । पहिलो सेट २५-२२ ले जितेको गण्डकीले दोस्रो सेट २१-२५ ले गुमायो । तेस्रो सेट २५-१७ जितेपनि पुनः चौथो सेटमा २४-२६ को हार व्यहोर्यो । अन्तिम तथा फाइनल सेटमा गण्डकी १५-१३ को जित निकाल्न सफल भएको हो । यो संगै गण्डकीको ३ खेलबाट २ अंक रहँदा गलकोटको १ अंक रह्यो ।

शुक्रवार महिलाको तेस्रो स्थान र फाइनल तथा त्यसपछि पुरुषतर्फको तेस्रो स्थान र फाइनल हुनेछ।

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.