default_image

6 months ago

September 5, 2024

आयशा ललितपुर क्विन्सको गुडविल एम्बेसडर

580 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) टोली ललितपुर क्विन्सले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यलाई गुडविल एम्बेसडर नियुक्त गरेको छ ।

ललितपुरकी आयशाले सागमा तेक्वान्दोकी सफल खेलाडी मध्ये एक हुन्। एसियाली खेलकुदमा कास्य पदक जितेकी आयशाले सागमा समग्रमा ३ स्वर्ण र २ रजत पदक जितेकी‌छिन्।

‘ललितपुर क्विन्स सँग आबद्ध हुन पाउँदा असाध्यै खुसी छु,’ आयशाले भनिन्, ‘ललितपुरमा जन्मेर हुर्किँदै गर्दा यस उपत्यकासँग मेरो गहिरो आत्मीयता छ र आज ललितपुर क्विन्ससँग जोडिनु मेरो लागि सौभाग्य र गौरवको क्षण हो ।’

भलिबल नेपालको राष्ट्रिय खेल हुनुका साथै लोकप्रिय खेलमा जोडिन पाउँदा उत्साहित रहेको जनाउँदै आयशाले भनिन्, ललितपुर क्विन्सलाई शुभकामना व्यक्त गर्दछु । उपाधि ललितपुरमा भित्रिनेछ भन्ने मलाई विश्वास छ।’

आयशालाई टोलीमा स्वागत गर्न पाउँदा खुसी लागेको ललितपुर क्विन्सले जनाएको छ। ‘आयशा खेलकुदमा आफ्नो क्यारियर बनाउने लक्ष्य लिएर अघि बढ्दै गरेका महिला लागि प्रेरणाको श्रोत हो । हामी विश्वस्त छौं कि उनको उपस्थितिले हाम्रा खेलाडीहरूलाई प्रेरित गर्नेछ र उहाँहरूको हौसला ठप उच्च हुनेछ, ‘ललितपुरले भनेको छ।

इन्फिनिटी ड्रिम्स प्रा लिले आयोजना गर्ने इडब्लुभिएलमा असोज १४ देखि असोज १९ गते हुनेछ। राष्ट्रिय भलिबल टोलीकी लिबेरो सलिना श्रेष्ठ कप्तान रहेको टोलीको प्रशिक्षकमा उत्सव खड्का छन् ।

ललितपुर क्विन्स टोली: सलिना श्रेष्ठ ‘ए’, पुनम चन्द ‘बि’, कामना विष्ट ‘बि’, साफिया पुन ‘बि’, निशा चौधरी ‘बि’, अनुषा चौधरी ‘सी’, नेहा चौधरी ‘सी’, भावना तामाङ ‘सी’।

February 23, 2025

खेलकुद पत्रकार मन्चका अध्यक्ष सुवेदीलाई पितृशोक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]

February 23, 2025

माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप भलिबल यसै साता

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]

February 17, 2025

च्याम्पियन मार्सल आर्ट्सलाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]

Success

Thank you for your time.