6 months ago
September 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनसहितको टोलीलाई सम्मान गरेका छन् ।
शीतल निवासमा बुधवार आयोजित कार्यक्रमम पदक विजेता पलेशालाई राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले माला र दोसल्ला ओढाएर सम्मान गरेका हुन् । पलेशाका प्रशिक्षक प्रशिक्षक कविराज नेगी लामालाई बधाई दिइएको थियो ।
सम्मानपछि राष्ट्रपति पौडेलले पलेशालाई बधाई दिँदै यसबाट देशको शीर उचाें पार्ने काम भएको र अर्को पटक स्वर्ण पदक राष्ट्रले अपेक्षा गरेको बताए। पलेशालाई नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो ।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, पदक विजेता पलेशाका बाबु आमा र खेल संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
पलेसाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कांस्य पदक जितेकी थिइन्।
बुधवार बिहान स्वदेश आइपुगेकी पलेशासहितको टोलीलाई राष्ट्रिय खेलकुद परिषद (राखेप) को पहलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै नगरपरिक्रमा गराइएको थियो। त्रिपुरेश्वरस्थित राखेप परिसर पुगेर र्याली टुंगिएपछि पलेशा र प्रशिक्षक लामालाई बधाई दिने कार्यक्रमको आयोजना गरिएको थियो।
आजै काठमाडौं महानगरपालिकाले पलेशालाई ५ लाख र प्रशिक्षक लामालाई ३ लाख रुपैयाँसहित सम्मान गरिएको थियो।
गत वर्ष पारा एसियाली खेलकुदमा कास्य जितेकी पलेशा प्यारालिम्पिक्समा कास्य पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी थिइन्।
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]