6 months ago
September 3, 2024
काठमाडौं (हाम्रो खेलकुद)- उमेर हदका कारण मंगलवार अनिवार्य अवकाश पाएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मालाई मंगलवार बिदाइ गरिएको छ ।
राखेपका सदस्य सचिव टंकलाल घिसिङले शर्मालाई लामो समय राखेपमा रहेर सेवा गरेकोमा धन्यवाद दिए । तालिम तथा प्रशिक्षण विभाग अलग्गै कार्यक्रम गर्दै शर्मालाई बिदाइ गरेको थियो ।
खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागकी उप निर्देशक संगीना वैद्य, फुटबलकी प्रमुख प्रशिक्षक अरुणा गुरुङ, एथलेटिक्सकी प्रमुख प्रशिक्षक उषा कर्ण, राखेप कर्मचारी संघकी अध्यक्ष सरस्वती केसी, तालिम तथा प्रशिक्षक विभागका वरिष्ठ अधिकृत सुजन खतिवडालगायतले शर्मालाई बिदाइ गरे ।
२०५२ साल माघ १० गते राखेपमा सेवा प्रवेश गरेका शर्माले उमेर हदका कारण मंगलवार अनिवार्य अवकाश पाएका हुन् ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]