6 months ago
September 3, 2024
पोखरा (हाम्रो खेलकुद)- पोखराको लामाचौरमा राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता मंगलवार सुरु भएको छ ।
पहिलो दिन एपिएफ क्लबले दुवैतर्फ जित निकाल्दा टिपटप न्युु डायमण्ड क्लब र नेपाल पुलिस क्लबले पनि सफलता हासिल गरेका छन् ।
महिलातर्फ गण्डकीलाई हराएको एपिएफले पुरुषतर्फ ट्राभल इन्क्वाइरी गलकोटलाई समान ३–१ को सेटमा हराएको थियो।
महिलातर्फ एपिएफले पहिलो सेट र दोस्रो सेटमा समान २५-१४ को जित निकाल्दै २-० को अग्रता बनायो। तेस्रो सेटमा एक समय १३-२० ले पछि परेको एपिएफले लगातार अंक बटुल्दै १९-२० को स्थितिमा बनायो।
एपिएफले खेल २४-२४ को बराबरीमा पुुर्याएपनि त्यो सेट गण्डकीले २६-२४ ले आफ्नो पक्षमा पार्यो । चौथो सेटमा पुनः खेलमा फर्कदै एपिएफले २५- १३ को सेटमा आफ्नो पक्षमा पार्दै खेल जितेको थियो।
अर्को खेलमा न्यु डायमण्डले एभरेष्ट भलिबललाई ३-० को सोझो सेटमा हराएको थियो । पहिलो सेटमा २५-१४ को जित निकालेको न्यु डायमण्डले दोस्रो सेट २५-१२ र तेस्रो २५-१७ को सहज जित निकाल्न सफल भएको थियो।
पुुरुषतर्फको पहिलो खेलमा एपिएफले ट्राभल इन्क्वाइरी गलकोटलाई पहिलो सेट २५-१७ ले जितेको एपिएफ दोस्रो सेटमा २५-२७ ले गुमाएको थियो। तेस्रो सेटमा खेलमा फर्किएको एपिएफले २५-१६ र चौथो सेटमा २६-२४ आफ्नो पक्षमा पार्दै खेल जितेको थियो ।
दिनको अन्तिम खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३-० सोझो सेटमा हराएको थियो। पहिलो सेट २५-१७ ले जितेको पुलिसले दोस्रो सेटमा २५-२१ ले आफ्नो पक्षमा परेको थियो ।
प्रतिस्पर्धात्मक तेस्रो सेटमा पुलिसलाई जित निकाल्न कडा चुनौतीको सामना गर्नुपरेको थियो। खेलमा फर्कने प्रयास गरेपनि गण्डकीमाथि पुलिसले ३०-२८ को जित पहिलो खेलमा सफलता हासिल गरेको थियो।
राउण्ड रोविनको आधारमा सञ्चालन हुने प्रतियोगिताको दुवैतर्फ समान ४ टोली छन्। नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी माविको खेल मैदानमा भएको महिलातर्फको ११ औं संस्करण र पुरुषतर्फ तेस्रो संस्करण हो ।
महिला तर्फ बुधवार न्यु डायमण्ड र गण्डकीबीच बिहान ८ बजे पहिलो तथा एपिएफ क्लब र एभरेष्टबीच बिहान १० बजे दोस्रो खेल हुनेछ।
पुरुषतर्फ पुलिस र गलकोटबीच दिउँसो १२ः१५ बजे तथा गण्डकी र एपिएफबीच दिउँसो २ः१५ बजे खेल हुनेछ ।
भदौ २१ गते सम्म सञ्चालन हुने प्रतियोगिताको दुवैतर्फको विजेताले उपाधिसहित १ लाख ५० हजार १ सय ११, दोस्रोले १ लाख १ सय ११ र तेस्रो टोलीले ५० हजार १ सय ११ रुपैयाँ प्राप्त गर्नेछ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]