6 months ago
September 2, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना हुने एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल) लाई वात्सल्य नेपाल मुख्य प्रायोजन गरेको छ ।
इडब्लुभिएलको आयोजक इन्फिनिटी ड्रिम्स र वात्सल्य नेपालबीच आइतवार प्रायोजन सम्झौता भएको हो । वात्सल्यका प्रबन्ध निर्देशक प्रशान्त सुवेदी र इन्फिनिटी ड्रिम्सकी सिइओ स्नेभी चौलागाईबीच सम्झौतामा हस्ताक्षर गरे ।
वात्सल्यका प्रबन्ध निर्देशक सुवेदीले लिगसॅंग आबद्ध हुन पाउँदा खुसी लागेको बताए।
उनले भने ‘हामीले यस प्रतियोगिताको हिस्सा हुन पाएकोमा सम्मानित महसुस गरिरहेका छौं, जसले हाम्रो राष्ट्रिय खेलको विकासका लागि सशक्त मञ्च प्रदान गर्दछ र खेलकुदको दुनियाँमा महिलाहरू पनि समान रूपमा सक्षम र मनमोहक छन् भन्ने कुरालाई प्रमाणित गर्दछ ।’
प्रमुख प्रायोजकका रुपमा वात्सल्यलाई स्वागत गर्न पाउँदा खुसी ड्रिम्सकी सिइओ चौलागाईले बताइन् ।’
लिगको पहिलो संस्करणको लागि शीर्ष प्रायोजकको रूपमा वात्सल्य नेचुरल आईभीएफलाई स्वागत गर्न पाउँदा खुसी छौं। यो साझेदारीले महिलाहरूको उपलब्धिलाई मान्यता दिने र जीवनका सबैक्षेत्रमा उत्कृष्टता हासिल गर्न स्वतन्त्रता दिने समाज निर्माण गर्ने हाम्रो दृष्टिकोणलाई उजागर गर्दछ,’चौलागाईंले अगाडि भनिन् ।
कार्यक्रममा लिगमा सहभागी ६ टोलीका मार्की खेलाडीहरुको उपस्थिती रहेको थियो । आयोजकका अनुसार लिगमा सहभागी ६ मध्ये ५ टोलीको नाम टुंगो लागि सकेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा इडब्लुभिएल असोज १४ देखि १९ गते सम्म सन्चालन हुनेछ।
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीलाई पितृशोक परेको छ। उनका बुवा ७३ बर्षे तारानाथ सुवेदीको उपचारका क्रममा काठमाडौं मोडल हस्पिटलमा आज दिउँसो २ बजे निधन भएको हो । पछिल्लो केही समययता मुटुको समस्याका कारण उनको उपचार भईरहेको थियो । उनको श्रीमती, एक छोरा र एक छोरी छन् । उनको आजै पशुपतिको […]
February 23, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको माछापुच्छ्रे गाँउपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तरपालिका स्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता यसै सातादेखि हुने भएको छ । माछापुच्छ्रे गाँउपालिका खेलकुद बिकास समिति लाहाचोक कास्कीको आयोजनामा हुने प्रतियोगिता १४ देखि १७ फागुनसम्म माछापुच्छ्रे गाँउपालिका वडा नम्वर ७ धम्पुसमा हुनेछ । पुरुषतर्फ पालिका बाहिरका जुनसुकै तह र स्तरका […]
February 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – च्याम्पियन मार्शल आर्ट्स एकेडेमी युएसएले अमेरिकाको न्यु जर्सीमा भएको गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा चार पदक जित्न सफल भएका छन् । गार्डेन स्टेट कराते च्याम्पियनसिप २०२५ मा प्रभावशाली प्रदर्शन गर्दै दुई रजत पदक र दुई कास्यपदक जित्न सफल भएको करातेका पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा एकेडेमीका प्रशिक्षक सुनिल लामाले जानकारी गराए […]