6 months ago
August 30, 2024
काठमाडौं(हाम्रो खेलकुद)- नेपाली क्रिकेट टोलीले क्यानडामा आगामी महिना हुने विश्वकप लिगको तयारी श्रीलंकामा गर्ने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवारर एक विज्ञप्ती मार्फत क्रिकेट टोलीले श्रीलंका भ्रमणका क्रममा ३ अभ्यास खेल हुने बताएको छ ।
श्रीलंका डेभलभमेन्ट टिमसॅंग नेपालले ३ वटा ५० ओभरको अभ्यास खेल्ने जनाएको छ । नेपालले भदौ १८, २० र २२ गते अभ्यास खेल खेल्नेछ ।
क्यानले श्रीलंका भ्रमणमा जाने १९ जना खेलाडीको नामावली समेत निकालेको छ । टिमको १९ सदस्यीय टिम तपसिल बमोजिम रहेको छ।
नेपाली क्रिकेट टोली
रोहित पौडेल, आसिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुलशन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने
March 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबले तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको पुरुष र महिला दुवै समूहको उपाधि जितेको छ । पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको शनिवार भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलसई पराजित गर्यो । फाइनलमा पुलिसले आर्मीलाई २-१ को सेटमा हराउँदै पुरुषतर्फको उपाधि जितेको हो । […]
March 1, 2025
काठमाडौ (हाम्रो खेलकुद )- नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौं चरणमा शनिवार पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा विजयी भएका छन् । फर्पिङमा सुरु भएर सिंगल ट्रीमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्रले निर्धारीत दूरी ३ घन्टा ४६ मिनेट ४४ सकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ […]
February 24, 2025
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय डोरीतान ( टग अफ वार) हुने भएको छ । भक्तपुरको सानोथिमी स्थित एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ गते हुने प्रतियोगितामा पुरुषतर्फ ७ प्रदेश र तीन विभागीय (सेना, प्रहरी र सशस्त्र) सहित १० टोली तथा महिलातर्फ ५ प्रदेश र ३ विभागीय […]