5 months ago
August 30, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पेरिस पारालिम्पिक्समा नेपालकी पलेशा गोवर्धन क्वाटरफाइनलमा पराजित भएकी छिन्।
सेमिफाइनल प्रवेशका लागि शुक्रवार भएको खेलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन्।
के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको प्रतिस्पर्धामा दश सेकेन्ड भित्र पलेशाले २-० को अग्रता बनाएकी थिइन्।
यसपछि ५६ सेकेन्ड बाकी रहँदा पलेशासँग ८-३ को स्पष्ट अग्रता रहेको थियो। तर यो अग्रता जोगाउन उनी असफल भइन् ।
यता ब्राजिलियन सिल्भानाले लगातार सात अंक जोडिन। जसमा ६ अंक बडी किक बाट र १ अंक पेनाल्टीबाट हात पारिन्। जित नजिक पुगेर पराजित पलेशाले अब रिपाचेज मार्फत कास्य पदकको लागि प्रतिस्पर्धा गर्नेछिन्।
यसअघि उनले आज क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन्।
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका सदस्य रविन चन्द ठकुरी दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियालाई च्याम्पियन बनाउन सानदार प्रदान गरेका उनी प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । विभागीय नेपाल पुलिस क्लबबाट […]
January 27, 2025
सिड्नी (हाम्रो खेलकुद) – म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले सिड्नीमा भएको दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता २०२५ मा दोहोरो उपाधि जितेको छ । मोना अस्ट्रेलिया खुल्ला तथा भेट्रान्स पुरुष भलिबल प्रतियोगिता दुवैमा च्याम्पियन बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो । नेपाली राष्ट्रिय टोलीका सदस्य रविन चन्द ठकुरीसम्मिलित […]
January 25, 2025
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने दोस्रो अजी फाइनान्स गोर्खा कप पुरुष तथा भेट्रान्स पुरुष भलिबल २०२५ को तयारी पूरा भएको छ । आयोजक दि गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ । एक दिने प्रतियोगिता २६ जनवरी (आइतवार) लिडकमस्थित ओवर्न बास्केटबल सेन्टरमा हुनेछ । प्रतियोगितामा […]