default_image

7 months ago

August 27, 2024

दसौं राष्ट्रिय खेलकुदका बारेमा प्रष्ट पार्न सरकारसँग एनएनआइपिएको आग्रह

285 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले छिटो भन्दा छिटो दसौं राष्ट्रिय खेलकुद आयोजनाका विषयमा प्रष्ट पार्न सरकारसँग आग्रह गरेको छ।

अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा एनएनआइपिएको टोलीले मंगलवार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङललाई दसौंका विषयमा ध्यानाकर्षण पत्र बुझाएको छ।

दसौं राष्ट्रिय खेलकुद आयोजनाको विषयमा स्थानिय आयोजकका रुपमा रहेको कर्णाली प्रदेश खेलकुद परिषदले काउन्ड डाउन सुरु गरिसकेको जानकारी प्राप्त भएको उल्लेख गर्दै एनएनआइपिएले ध्यानाकर्षण पत्रमा भनेको‌ छ, ‘संघिय सरकार वा राखेपले पूर्व निर्धारित मिति (२०८१ मंसिर २ देखि ९ गतेसम्म) मा आयोजना हुने नहुने प्रष्ट पारेको छैन । जसले गर्दा देशभरका खेलाडीमा अन्यौलता सिजृना भएको छ ।’

‘यो शंकालाई यथासक्य निवारण गर्नका लागि सरकारबाट छिटो भन्दा छिटो दसौं राष्ट्रिय खेलकुदका विषयमा प्रष्ट जानकारी देशभरका खेलाडी र खेलकर्मीलाई दिन राखेपको अध्यक्ष समेत रहेका खेलकुद मन्त्रीमार्फत सरकारको ध्यानाकषर्ण गराउँदछौं,’ पत्रमा भनिएको छ।

दुई वर्षअघि गण्डकी प्रदेशमा‌ भएको नवौं राष्ट्रिय खेलकुदको समापनका दौरानमा दसौंको मिति घोषणा गरिएको थियो। त्यसैलाई मध्यनजर गर्दे कर्णाली प्रदेश सरकारले प्रदेश रंगशालालगायतको भौतिक पूर्वाधार निर्माणको अन्तिम चरणमा छ।

कर्णाली प्रदेश खेलकुद परिषद्ले दसौंको लोगो, मस्कट, गित तयार‌ गरिसकेको छ भने २४ खेलको खेलस्थल र मितिको प्रस्ताव राखेपलाई बुझाइसकेको छ।

March 10, 2025

मञ्जुश्री ट्रेल रेस यसै साता

काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]

March 9, 2025

अर्जुनधाराद्वारा झापा राष्ट्रपति रनिङ शिल्ड कब्जा

हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]

March 9, 2025

जंगु र रुपालाई बाँके एमटिबी रेस उपाधि

नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]

Success

Thank you for your time.