7 months ago
August 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सामाजिक संजालमा सक्रिय युवाहरुको समुह दारी ग्याङले यसै साता फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ।
बुढानिलकण्ठ-९ कपनमा रहेको कान्तिपुर ट्रेनिगं सेन्टरमा भदौ १४ र १५ गते फुटसल प्रतियोगिता आयोजना हुने मंगलवार पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
बिज एजुकेशन मुख्य प्रायोजक रहेको प्रतियोगिताको मिडिया पार्टनर रुटिन अफ नेपाल बन्द रहेको छ । हाम्रो खेलकुद प्रतियोगिताको ब्रोडकास्टिङ पार्टनर रहेको छ ।
प्रतियोगितामा २४ देखि ३२ टोलीको सहभागिता रहने प्रतियोगितामा नेपाली नागरिक जो कोहीले टोलीकि दर्ता गर्न सक्नेछन् । टोली दर्ता शुल्क ५ हजार रुपैयाँ रहेको बताइएको छ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५० र दोस्रो टोलीले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडीले गोल्डेन बल, उत्कृष्ट गोलरक्षकले गोल्डेन ग्लोभ्स र उच्च गोलकर्ताले गोल्डेन बुटसहित समान ५ हजार रुपैयाँ पाउनेछन्।
‘परोपकारका लागि फुटसल’ भन्ने नाराका साथ आयोजना हुन लागेको प्रतियोगिताबाट बचत भएको रकम मार्फत सामाजिक कार्यक्रममा खर्च गरिने आयोजक समितिका सदस्य महेश्वर घिमिरेले बताए ।
२०७२ सालमा स्थापित दारी ग्याङमा दारी पाल्न रुचाउने र सामाजिक कार्यमा संलग्न युवाहरुको समूह हो । यद्दपी समूहमा हुनलाई दारी पाल्नै पर्छ भन्ने वाध्यताकारी भने छैन ।
March 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मञ्जुश्री ट्रेल रेस (एमटिआर) को पाँचौँ संस्करण यसै साता सुरु हुने भएको छ। आयोजकका अनुसार चैत १ देखि ३ गते (मार्च १४ देखि १६) सम्म हुने प्रतियोगितामा ५ सयभन्दा बढी धावकधाविका दौडने छन् । मञ्जुश्री ट्रेस रेसमा ३ सय ७१ नेपाली र १ सय ३१ विदेशी गरी कुल ५ सय २ जनाको […]
March 9, 2025
हिमाल खरेल,भद्रपुर झापा जिल्लास्तरीय १५ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि अर्जुनधारा नगरपालिकाले जितेको छ । योसँगै अर्जुनधारा नगरपालिका लगातार तेस्रो पटक च्याम्पियन बनेको छ । उसले रनिङ शिल्डमाथि कब्जा जमाएको छ । आज मेची रंगशाला भद्रपुरमा सम्पन्न सबै छवटा विधाका खेलमा अर्जुनधारा १५ स्वर्ण, १२ रजत र १२ कास्य पदकसहित प्रथम भएको आयोजक झापा […]
March 9, 2025
नेपालगन्ज (हाम्रो खेलकुद)- जिल्लामा पहिलोपटक आयोजना गरिएको बाँके एमटिबी रेस २०२५ काे मुख्य उपाधि जंगु थारु र रुपा थारुले जितेका छन् । ५ किलोमिटर दुरीकाे क्रसकन्ट्री रेसमा इलाइट पुरुषतर्फ जंगुले ५२ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै विजयी भए । विशाल थारु (५७:५६ मिनेट) दाेस्राे र बिमलेस यादव(५७:५८ मिनेट) तेस्रो भए । त्यसैगरी इलाइट […]